गीत : हाम्रो तेन्जिङ शेर्पाले

~धर्मराज थापा~Dharmaraj Thapa

हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
गम्केर बजा खैँजडी, झम्केर नाँच मुजुरा

सगरमाथि चम्किने नेपाल तारा तेन्जिङलाई
छक्कै परी विश्वले स्याबासी दिन्छ हेर भाइ
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

चिसो हिमाल चुलीको तातो मुटु तेन्जिङ हो
हिमालचुली खानीको विश्वमा झल्कने रत्न हो
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

सुनकोशीको मुलैमा दिलको तिर्खा मेट्यो हो
हिलारीलाई फुल्लाउदै लुकेका बाटा देख्यो हो
गाड्यो झण्डा तेन्जिङले विश्वको अग्लो धुरीमा

डाँफेचरी आएर पङ्ख खोली नाचे हुन्
हिमाल छोरो पाएर गौरीशंङ्कर हाँसे हुन्
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

उँभो चुली कैलाशमा होइ पानी पिउनै पाएन
स्वर्गको शिर चुम्नलाई हार कत्ति खाएन
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा

धन्य वीर बहादुर औतार तैँले लिएको
नामको छोरो दुवै दिन बाँच्न जन्म लिएको
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
चढ्यो हिमाल चुचुरा होइ चढ्यो हिमाल चुचुरा

हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा २

स्वर/संकलन/सङ्गीत : धर्मराज थापा

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.