~गणेश कार्की~
खोज्दै जाँदा कहाँ रोकिने, गुणमा कि अवगुणमा? पत्याउँथ्यो रे रावणले, शंकालु त श्रीराम धेरै ।।
स्यालको कर्कश आवाज, रात भन्दा बिहान धेरै
फेरि नहोस् यस्तो कहिलै, पिर्का भन्दा चिहान धेरै ।
स्यालको कर्कश आवाज, रात भन्दा बिहान धेरै
फेरि नहोस् यस्तो कहिलै, पिर्का भन्दा चिहान धेरै ।
खोज्दै जाँदा कहाँ रोकिने, गुणमा कि अवगुणमा ? पत्याउँथ्यो रे रावणले, शंकालु त श्रीराम धेरै ।।
टुक्राएर पुर्णलाई, अंश–अंशमा के सत्य खोज्छौ धर्म एक, मान्छे एक, झुक्याउँने त सर्वनाम धेरै ।
मन मिले जहाँ पुगिएला, के हिमाल ? के तराई ?
भाडिए मन, लक्ष्य शुन्य, गति भन्दा बिराम धेरै ।।