~हरी गौतम~
झुटो आरोप लगाई मलाई अर्कै तिर सरेउ अरे..!!
सुने खबर पराईको सिन्दुर पनी भरेउ अरे..!!
दौलतको तराजुमा जोखाएर मोल-तौल गरी”-
चोखोँ प्रेम लत्तायर मधेश तराई झरेउ अरे..!!
ह्रदय भीत्र तीम्लाई मईले,सजायर राखेकै थें”-
के देख्यौं र मेरो कशुर गर्नु बेईज्जत गरेउ अरे..!!
जुनी-जुनी सगैं रहने वाचा कशम् दीलायर-
सागर बीच् छाडी मलाई ,एक्लै खोली तरेउ अरें..!!
चकानाचुर वनाएर सपना अनी ईच्छ्या मेरा”-
मेरो लागी अब देखी सम्झें, जिउदैै मरेउ अरे..!!
[[झुटों आरोप लगाई मलाई अर्कै तिर सरेउ अरे…२!!
सुने खबर पराईको सीन्दुर पनी भरेउ अरे..!!२]]
हरी गौतम
खनदह ३, अर्घाखाँची
हाल-भारत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
