गजल : गजलकार आज

~ईश्वर शाही~Ishwor Shahi

त्यै भट्टी छिरेछ गजलकार आज ।।
बैमानी भिरेछ इमानदार आज ।।

के बयान गरौ र पत्याउनै गाह्रो ,
रावण भएछ मिलनसार आज ।।

मनैमा बैमानी चडेपछी के गर्नु ,
झुपडी भएछ यो दरबार आज ।।

सुखको हिसाब छैन दु:खको सानो ,
त्यै खोली भएछ ठुलै जंघार आज ।।

दौरासुरुवाल ढाकाटोपी मात्र होर ,
छैन गाइनेको शरंगी तार आज ।।

कल्लेरि-९,धादिङ
हाल्,दोहा,कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.