~दिनेश राज पुरी~
इज्जत लुटिएको छ अनि हक लुटिएको छ
यो सब आफन्तै बाट भकाभक लुटिएको छ
तरकारी वेचेर कसरी, चुलो धुवाउला उस्ले
सडकमै उस्को तराजु र ढक लुटिएको छ
भोलि तिमी पनि लुटिन सक्छौ यसैगरी
जसरी आज गजलसहित लेखक लुटिएको छ
तिम्रो श्रृंगार आज जूनले रुचाउने छैन प्रिया
किनकि बादलद्वारा जूनको चमक लुटिएको छ
मात्र आकाश ओढेर निदाइरहेछन् वालकहरु
जुन दिन देखि उनीहरुको सिरक लुटिएको छ
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )