बच्चा भए ललि पपमा, फकाई दिन्थे सानु
तारा झार्ने गफ सुनाइ, थकाइ दिन्थे सानु
नबुझेरै पण्डित बनी, वेद पढ्दै हिड्यौ
सक्ने भए मन्को जेलमा, जकाइ दिन्थे सानु
आफ्नै ठाने हृदयमा, सजाई-सजाई राखे
पराई भए शब्द जालमा, छक्काइ दिन्थे सानु
अबुझ भन्ने जान्दा जान्दै, विश्वास गरे मैले
चाहेको भए दर्शन शास्त्र, घोकाइ दिन्थे सानु
न थुक्नु न चाट्नु भयो, यो जिन्दगीको खेल
तिम्ले देख्ने भए यो, देह सक्काइ दिन्थे सानु
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )