गजल : एउटा बसाई सरेर बाँचे !

~जय सिंह महरा~Jay Singh Mahara

कालो धुँवामा गुम्सिएका सपना छरेर बाँचे,
एक पल जीउनका लागि हरपल मरेर बाँचे !

यात्रा हो भन्थे जीन्दगी त उकाली र ओरालीको,
म भने पीडाका साउने जँघार तरेर बाँचे !

ढोग्दै हिँडे देउराली मनको इच्क्षा पाउनलाई,
बोक्दै आशा रहरका एउटा बसाई सरेर बाँचे !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.