~जीवराज बुढाथोकी~
छन्दः मेची
कल्पना मै हराएँ म ।
तर्कना मै रमाएँ म ।
मन्भरी तिर्सना बाेकी,
पाउ चाल्नै डराएँ म ।
गर्नु क्यै छैन भन्ने भाे,
त्यसमै मन् सजाएँ म ।
कर्मकाे मार्ग त्यागेर,
काधकाे बाेझ् पचाएँ म ।
लाग्छ याे जिन्दगी अर्कै,
आज पाे धर्मराएँ म ।
छन्दः मेची (स्वःनिर्मित)
सूत्रः SIS SIS SS
गणः र र गु गु, विश्रामः ४ अक्षरमा
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)