~चाङ चिराग~
मञ्च
यताउति मानिसहरु
केही कुर्सी
केही दर्शकहरु
केही पत्रकारहरु
केही क्यामेराहरु
केही मोबाइलहरु
केही रेकर्डरहरु
केही नोटबुकहरु
र, केही कलमहरु ।
एक-दुई वटा माइक
मानिसहरुको घेरा
वा केही मानिसको बर्साई
अनि उभिन्छ एउटा मानिस
र, पुर्याउछ उसको मुख-माइक नजिक
हातमा एउटा कागज
अनि बन्छ ऊ-वक्ता
र, बोल्न थाल्छ-शब्दहरु ।
केही पछि-
कान नथाक्दासम्म दर्शकका
ब्याट्री नसकिदासम्म माइकका
संचालकले चिट नपुर्याउदासम्म
र, स्वर नसस्दासम्म
-वक्ता
बोलिरहन्छ-एक तमासले
गरिरहन्छ भाषण ऊ-एक सुरले
र, सुनाइरहन्छ ऊ भाषण-नथाकीकन ।
बिर्सर्ाादन्छ उसले
अघिल्लो वर्षसुनाएका कुरा
तर्सर्ाान्छ उसले
मनमा पलाएका डरका पोकाहरु
मैदानै बनाइदिन्छ उसले
केही अघिसम्म उठेका दुःखका पहाडहरु
र, मेटाइदिन्छ उसले
भाषण सुन्न झुमेका भोकहरु ।
जब मानिसहरु पुनः ताली पिट्छन्
ऊ कराएर फेरि पनि बा“ड्न थाल्छ-
अनुभवहरु
भोगाईहरु
विचारहरु
धारणाहरु
वाचाहरु
प्रविद्धताहरु
र, केही केही आश्वासनहरु ।
फर्किए मानिसहरु-
पिठ्यूपछाडि हात जोड्दै
भूइ“मा खुट्टा उफार्दै
त्यो रातको गास र बासको
योजना बुन्दै
एक सुनौलो सपना स्मरणभरि
भाषणको बोक्दै
र, च्यातिएको चप्पल हातमा समात्दै ।
मानिसहरु सम्झन्छन्-
दिनभरिको भाषण
घाम बिर्सर्ेे अनुहार
भोक बिर्सर्ेे पेट
र, योजना बिर्सर्ेे आफ्नै दिमाग
अनि,
देखिन्छन-पर-परसम्म
क्षितिजमुनिको गाउसम्म
र, कुहिरो मुनिको
ढुंगे चट्टानले घेरेको वस्तीसम्म ।
-रोल्पा ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )