~दिङ्लाली कान्छो~
फुलेको फूल
ऒईलाउँदै जान्छ
प्राकृत सत्य ।
कुमारी फूल
भमराको चुम्बन
लाग्दैछ फल ।
सौन्दर्यताको
वर्णन गर्नेहरु
खोज्दैछन् तिमी ।
खबरदार !
नयन जुधाएर
घायल पार्लान् ।
छोटो जीवन
अमृतको सागर
तु.पान गरौँ ।
मन्दिर गई
मूर्तीलाई सजायौ
घटेन दु:ख ।
मायालु मन
खडेरी परेकोले
बसाईं सर्यो ।
भित्ताको फोटो
निरन्तर हेर्दछ
बोल्न सकेन ।
खोलाको ढुंगा
तिमीले भनिदियौ
मेरो देउता ।
एउटा प्रेम
खामिएर आएछ
बिना ठेगाना ।
मायाको बास्ना
बिस्तारै फैलिएछ
जादू पो हो कि ?
विश्वास धेरै
गर्नेले बदलामा
सजाय खाए ।
आकाश खस्छ
भन्दै बस्नेहरुका
हातमा सून्य ।
अर्थहीन छ
मेरो ताजमहल
उनको लागि ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )