~डा. कपिलदेव लामिछाने~
स्याट स्याट स्याट
फेस बुकमा गर्नु होस् च्याट
जति च्याट गर्नु होस्
न यसमा भ्याट लाग्छ
न यसमा ओस्याट लाग्छ
न कुनै कर
न कुनै डर–
न यसमा कुनै असमानता हुन्छ
फेस बुकमा खासमा समानता हुन्छ–
दाजु होस् या भाइ
दिदी होस् या बहिनी
छोरा होस् या छोरी
प्रेमी होस् या प्रेमिका
बा होस् कि आमा
बुढाबा होस् कि बुढ्यामा
गुरुबा होस् कि गुरुमा
शिष्या होस् कि शिष्य
सबको एउटै भविष्य
देशी होस् कि विदेशी
परिचित होस् कि अपरिचित
नजिकै होस् कि सुदूर टाढा
नातो हुन्छ गाढा
सबै किताबलाई एउटै गाता
सबैलाई एउटै नाता
फ्रेन्डस्मा एड हुन्छ
फेस बुकमा खासमा समानता हुन्छ
त्यसैले च्याट गर्नुहोस् च्याट
स्याट स्याट स्याट
यसमा लाग्दैन भ्याट
डा. कपिल लामिछाने
भैरहवा ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )