~अभागी मिनम घायल असफल~
मन मनै रिसायौ तिमी,आखिर मेरो के नै गल्ती थियो र ?
थाहै नपाई अन्तै मन साट्यौ,मेरो मायामा के कमी थियो र….2
ख्याल ख्यालैमा दिल तोड्यो,मलाई घरको न घाट्को बनायौ
साची राखेको मायालाई त्यागी गयौ,मेरो संसार अन्धाकार बनायौ ….2
दिन दिनै टाढी गयौ तिमी,आखिर मेरो के भुल भयो र ?
थाहै नपाई पराइको आगन सजायौ,मेरो हृदय भित्र के कमी पायौ र……2
दुई मुटु एउटै हो भन्ने गर्थ्यौ तिमी,त्यही मुटुलाई सयौ टुक्रा बनायौ
सँगै जिउने सँगै मर्ने भन्थ्यौ तिमी,तर तिमी आँफै म देखी टाढा भयौ……2
मन मनै रिसायौ तिमी,आखिर मेरो के नै गल्ती थियो र
थाहै नपाई अन्तै माया गास्यौ,मेरो मायामा के कमी पायौ र …..2
अ. मिनम घायल अ.
बिष्णुपुर कट्टी-३ महाजनी,
सिरहा,सगरमाथा नेपाल !
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )