~फणिन्द्र गिरी “शान्त”~
मान बहादुर, बाबु आमाको एक्लो सन्तान सोझो इमान्दार अनि भलादमी हुँदाहँुदै पनि माने द्वारा पुकारिन्छ । गरिबीका कारण पढाइ अघि बडाउन सक्दैन र गाउँमै बोहनी गरी वुबालाई घर चलाउँन सहयोग गर्छ । यस्तैमा एक दिन उसको बाबु सिकिस्तै बिरामी हुन्छ अनि नजिकैको क्लिनिकमा लगेर देखाउँछ । केहि बेरको चेक जाँच पछि छाती र नाडी छाम्दै डक्टरले मुन्टो दायाँ बायाँ हल्लाउँछ र गएर आफ्नै काममा ब्यस्त रहन्छ ।
केहि घण्टाको आराम पछि डक्टर मानेको छेउमा आएर भन्छ– “मैले त पहिले नै इशाराले भनि सकेकै हो नि केहि भाको छैन चाढै जाति हुन्छ भनेर” । बढदो रिण र आवश्यक्ता पुरा गर्न ऊ पनि बुढा बुबा-आमा छोडेर खाडि पस्छ, भाको झुप्रो घर पनि बन्दक राखेर । थोर बहुत कमाएर रिण तिर्छ । रिण तिरी नसक्दै माने गाउँमा मनुमा परिणत भइसकेको हुन्छ । यस्तैमा दशैंको छेउमा बुबा बिरामीको खबर पाइ केहि पैसा जम्मा गरी घर फर्कन्छ । पहिलेको सानो क्लिनिक भब्य भइ सकेको अनि डाक्टर पनि नामी । सबैको सल्लाह बमोजिम त्यँहि लैजान्छन् । एसो चेक जाँच गरे पछि पहिले झै छाती, नाडी छामी मुन्टो दायाँ बायाँ हल्लाउँछ ।
मनुको खुसीको सिमा रहदैन किनकी डाक्टर उहि इशारा उहि । बुबा जाती हुनु हुने भयो भनेर राम्ररी कल्पनामा डुब्न नपाउँदै बुबाको प्राण पखेरु उडी सकेको हुन्छ । उ रुन मात्र के लागेको थियो तुरुन्त डाक्टर आएर नाडी छाम्दै– “मैले त पहिले हेर्ने बित्तिकै इशाराले भनिसकेको थिएँ नि काम लाग्दैन भनेर” । बिचरा मनु एकै इशाराको यति फरक दुइ अर्थ सम्झेर छक्क परिरहन्छ।
फणिन्द्र गिरी “शान्त”
चम्पापुर, झापा।
(स्रोत : Voiceofjhapa)