~जीवन दहाल~
एक बिहानै लुगासुगा लगाएर चिटिक्क परि बाहिर जान निस्किएको छोरालाइ राम रतन झाले हकार्यो “कहाँ जान लागिस रे बबुवा, यति बिहानमै ?”
“मधेसिको नाका बन्द गर्ने आन्दोलमा बापु”-छोरो राम आषिसले छोट्करिमा उत्तर फर्कायो ।
“हँ ! यो नाका बन्द गर्ने योजना मधेसिको हो कि बिदेशिको हो बबुवा ? अनि नाकाबन्दी चैं कसलाइ गरेको नि ?”- छोरालाइ फेरि प्रश्न थप्यो राम रतनले ।
“नेपालीहरुलाइ बापु”- छोराले न हिचकिचाइ उत्तर दियो ।
“नेपालीहरुलाइ ?”- राम रतनले छोराको भनाइ दोहोर्यायो र फेरि प्रश्न थप्यो-“बबुवा तिमिहरुको नाकाबन्दीले सिंहदरवारमा बस्ने शासकहरुलाइमात्र अप्ठ्यारोमा पारेको छ कि हामिजस्तालाई याद गरेको छस ? अनि तँ चैं नेपाली हैनस र ! नेपालिलाइ नाकाबन्दी गरेको ठान्दै छस ?”-बाबुले अझै छोडेन ।
“हामिलाइ यो देशले कहिले नेपाली मान्यो र बापु ?”- छोराले पनि प्रश्नै तेर्श्यायो बाबू तिर ।
“तैले चैं कहिले आफुलाइ नेपाली ठानिस नि अनि नेपाली हुन के चैं गरिस र ?”-बाबू उसै गरि दोहोरियो ।
“खस,पहाडियाहरुले के गरेका छन र हामिले पनि गर्नै पर्ने ?”- छोरो उसैगरी जरखरियो ।
“उनिहरुले त आफु अघि लागेर सिंगो नेपाल देश बनाए ? “- बाबुले जस्तालाइ तस्तै उत्तर दियो
“बाबुका उत्तर एकछिनसम्म छोरो तिलमिलायो अनि सोध्यो-“अब हामिले चैं के गर्नु पर्यो त ?”
“अहिले त्यही देश जबरजस्ती अंगिकृत नागरिकता दिलाइएकाहरुको षडयन्त्रको सिकार भएर फुटको संघारमा पुगेकोछ । अब तँ अघि लाग र षड्यन्त्रबाट देश जोगा अनि देशलाइ एक ढिक्का राख त, तँलाइ नेपाली हैनस भन्ने कसले हिम्मत गर्दो रहेछ ?”-राम रतनले छोरालाइ सम्झायो र थप्यो-” अझ हिम्मत गरिस भनें त १८१६ अघिको हाम्रो देशको भूभाग समेत पुन: जोडेर राष्ट्रीय बिभुती बन्न पाउँने सिङगै अवसर पनि तैँले पाएको छ्स छोरा ।”
जीवन दहाल
गौरादह-१२,झापा
(स्रोत : Voiceofjhapa)