~आचार्य प्रभा~
अक्सर म बर्तमानसँग सोध्ने गर्छु
आखिर यो संघर्ष,यो लडाईं
केका लागि त ?
कहिले मन थाक्छ लखतरानसँग
कहिले मस्तिष्क थाक्छ हैरानसँग
फेरी पनि आउछन समस्याहरु
बिभिन्न रूप अवधारण गरी
अनी आश्वासनको मल्हम पोँतिन्छन
यो सब सुनौलो भविष्यलाई भनि ।
म फेरि अर्को सोंचमा अल्मलिन पुग्छु,
बर्तमानले सधैंभरी भविष्यलाई नै
उज्यालो बनाउने त ?
के यस्को आफ्नै अस्तित्व छैन?
कठै!यो बर्तमान ,
भुतबाट पनि बहिष्क्रित छ
भविष्यको खुशीकोलागी
सधैं आफु पीडित छ
बिगतलाई बिर्सन वाध्य छ
आफु बिगत र भविष्यको
साँघु बनेर हज्जारौँ बोझ बोक्न
बिवश छ,
बर्तमान सधैं बिगत र भविष्यको
कठपुतली बन्न लाचार छ ।
(अमेरिका )
(स्रोत : कविता कुसुम)
धेरै मीठो अनि आफ्नै जीवन सङ्ग मेल खायका शब्द हरु । धन्नेबाद लेखिका ज्यु लाइ