गजल : तिम्रो सुकमोल हार

~सूर्यविक्रम याक्खा~ Surya Bikram Yakkha

दिन्छौ भने देऊ तिम्रो सुकमोल हार ,
प्रस्ताव राखी झुक्यौ किन, बारम्-वार !१!

म त आउथे लिन डोली संजाएर ,
अझै भन्छौ पर्ख , तिसौ वसन्त पार !२!

थाकीसके-पाकीसके तिम्रै प्रतिक्षामा ,
दोधारेको माया बोग्दाँ अति भयो भार !३!

एैस ,वैसमा टिप्न खोज्थे ,फुली जाने भो ,
वस्छौ भने वस अब अन्तै मोडे धार !४!

मिति २०१०/०६/१४
मोरङ्ग, हाल – साउदीअरव रियाद

(स्रोत : कविता कुसुम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.