~अभागी मिनम घायल असफल~
कागजको डुङगामा राखी जिन्दगी
नदिमा बगाइ दिउ जस्तो लाग्छ
धर्ती छोडि आकाशमा
बादल सँगै उडिजाउ जस्तो लाग्छ
तर जिन्दगीको नियम यस्तै रैछ
यो पापी दुनियाँमा जिउन वाध्य छ!
चितामा राखी आफ्नै जिन्दगी
जलाई दिउ जस्तो लाग्छ
दुनियाँ सारा छोडि सधैंको लागि
यो संसारबाट टाढा जाउ जस्तो लाग्छ
तर जिन्दगीको रिती यस्तै
सुन्यताको जिन्दगीलीई बाँच्न वाध्य छ !!
आफ्नै तस्बिरको झुप्रो घर बनाई
आगोले जलाई दिउ जस्तो लाग्छ
ति जलेका तस्बिरका खरानी सँगै
हावामा हराई दिउ जस्तो लाग्छ
तर जिन्दगीको भोगाइ यस्तै
सबैको नजरमा घ्रिणाको सिकार भई बाँच्न वाध्य छ !!!
अ. मिनम घायल अ.
बिष्णुपुर कट्टी-३ महाजनी,
सिरहा,सगरमाथा नेपाल !
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )