कथा : नामर्दकी साली

~विमल नेपाल~Bimal Nepal

आज म स्फुर्त छु । किनकी प्रकृती अनपेक्षित खुसि देखिएकी छ । उसलाई यतिको खुलेको देख्नु नै आजभोलीको मेरो खास खुसी हो । जागिर, पैसा लगायतका अन्य प्रप्तीहरु फिक्का हुन्छ । उनको मुहारमा प्राकृतिक चमक देख्न पाउनु नै मेरो उपलव्धि हो । किचेनमा उनको चहलपहल वढेको छ । पछिल्लो समयको यो मेरो प्राप्ति हो ।

‘ए हजुर खाजा तयार भो । फ्रेस हुनुस् ।’ – यसै पनि म फ्रेस नै थिएँ । तै पनि वाथरुम छिरें । मुख कल्ला गर्दा गर्दै फोन आयो । प्रेक्ष्याको रहेछ । रिसिभ गरिंन । रिङटोन साईलेन्स पनि नगरी किचेनमा पुगें ।

‘ किन फोन रिसिभ नगर्नुभएको ? कस्को फोन ? प्रकृतीको प्रश्न ।

‘प्रेक्ष्याको ।’ मेरो छोटो जवाफ ।

‘रिसिभ गर्नुस् न त ! केहि परेरै त गरेकी होली ।’ मलाई थाहा छ । उ मलाई काम नपरेरै पनि धेरै फोन गर्छे । मलाई सताउन खप्पिस छे । प्रकृतीको खुलेको मनमा धमिलो पर्ला ठानेर फोन उठाएँ ।

‘ भिनाजु, म त वस पार्कमा अलपत्र परें । एक्कसी चक्काजाम भो । मलाई रुम सम्म पुर्याइदिनुहुन्छ कि भनेर गरेकी । ’ घोर दुविधामा पारी सालीले । यो उसको वाहना मात्रै पनि हुन सक्छ । नहुन पनि सक्छ । तर प्रेक्ष्याको कुरा प्रकृतीलाई त सुनउनै पर्यो । सुनाएँ ।

‘ ए अलपत्र परि जस्तो छ । जानुस् न त पुर्याएर आउनुस् । त्यो कुर्न गाह्रो मान्छे, फर्केर खाजा लिनुहोला ।’ प्रकृतीको आज्ञापालन नगर्ने त कुरै हुदैन । म आज्ञाकारी श्रीमान निस्कीएँ लुरुक्क, भोक पनि नभनी ।

हो रहेछ । चक्का जाम नै रहेछ । त्यो जाममा मैले चाँहि कसरी मोटरसाईकल क्रस गराउनु ? प्रेस परिएन, एम्वुलेन्स होइन । मलाई त हेक्का भएन ठिकै छ रे, प्रकृती के भा की, पे्रक्ष्या के भा की ? तैपनि, प्रेक्ष्यालाई फोन गरेर मईती घर आइराख्न भनेर कोटेश्वर महादेवस्थान वाट फलामे पुल तरेर मिनभवन , शङ्खमूल हुदै भित्रभित्रैे सेन्ट जेभिएर्स पुगें । उ आईपुगी सकिछ ।

‘कति ढिला गर्नु भएको भिनाजुले पनि, आफुलाई कस्तो वोर भयो ।’

म चुपचाप वसें

‘ आजभोली त हजुर कस्तो निठुरी हुनु भाछ । किन रिसाईवक्स्या ? दिदी काँ छे त भेनाजु ?’ नवोली सुखै पाईन । ‘ रुम तिरै छे ।’

…………………………………………………………………………………………………………………………….

प्रेक्षालाई म चाहेर पनि भन्न सक्दिन, म तिमी सँग नजिक हुनु मेरो बाध्यता हो । न त म तिम्रो कुनै चाहना नै पुरा गर्न सक्छु । कुर्ता सलवार, जिन्स पाइन्ट, अन्य मेकअपका समान वा शारीरिक कुनै पनि चहना , त्यो वासना नै पनि हुन सक्छ । म मात्रै हाईन नि नानी, म भन्दा सक्षम थुप्रै कुण्ठित पूरुषहरु छन्, बजारमा । तिम्री दिदी सँगको प्रेम त मलाई धेर भैसकेको छ भने तिम्रो आवश्यकता मैले कसरी पूरा गरौ ? मलाई पश्चाताप भैरहेको प्रकृती सँगको प्रेम, बिवाह ।

उ बारम्बार मलाई अनाबश्यक प्रश्नहरु तेस्र्याइरहन्छे ।

भिनाजुको दिदीसँग कति बर्ष लभ चल्यो ? फस्ट प्रपोज कस्ले गरेको ? अनि बिहे गर्नु भन्दा पहिला…….? आदी इत्यादी ।

म मौन ।

फेरि, कत्ति चुप वस्न सकेको होला, म नराम्री छु र भिनाजु ?

अलि बढी भयो प्रेक्ष्या । मलाई गफ गर्ने मुड छैन ।

दिक्क मान्दै उ जबरजस्त चुप वस्छे । तर मोटर साईकलमा वस्दा मलाई यसरी अठ्याउछे की, मानौ मलाई नअठ्याउदा म लढ्छु । मलाई उसको शरिरको गन्ध उकदमै नमिठो लाग्छ, उसको स्वास चैतको तातो हावा भन्दा कम उराठलाग्दो लाग्दैन । एउटा पृथक बन्दन भित्र पाउँछु आफूलाई । घर पुग्नु जेलको म्याद सकिनु जस्तै हुन्छ ।

प्रकृतीले खुबै मन लगाएर बनाएकी रहिछ खाजा । माछा फ्राइ, टिमुर मिसाएर टमाटरको अचार, फापरको रोटी अनि चिया । शान्त प्रकृती निकै चन्चल छे, प्रेक्ष्या उस्तै । म भित्र उति साह्रो न उत्साह छ, न खास चिन्ता । प्रकृती खुसी भएको देख्दा भने एउटा नजानिदो कौतुहला मिश्रित खुसी भने अवश्य थपिएको छ । तर कौतुहलता ग्लानीलाई माथ गर्ने किसिमको हुन सकेको छैन । फेरी पे्रक्ष्याको उपश्थिती मलाइ बोझिलो भैरहेको छ । उस्को अनाबश्यक चन्चलता मेरो वसाई र इच्छा भन्दा विपरित छ । कहिले खुट्टा तेर्सायर वस्छे, कहिले एउटा टि टेवल माथी त कहिले सोफा माथी चढाउछे । दिदी भिनाजुको अगाडि मान्नु पर्ने थोरै लाज, सरम पनि उ सँग हुदैन । कहिले हिपको कुरा गर्छे, कहिले पेटमा मासु थुप्रेको चिन्ता गर्छे ।

दिदी आजभोली भिनाजुलाइ के भको छ ?– प्रेक्ष्याले यसरी झट्का हान्छे कि, मानौ मस्त सुतिरहेको मान्छेलाई एउटा तिखो सियोले घोच्छ । देख्दा तिखो जस्तो नलागे पनि सियो खतरनाक हुन्छ । धनुष्टङ्काको बिषालु जिवणु मिश्रित । म भित्र घोर प्रहार भएपनि शान्त देखिने प्रयास गर्छु । थाहा छैन प्रकृतीलाइ प्रेक्ष्याका प्रश्न कत्तिको खतरनाक भयो । तर म अनुमान गर्न सक्छु, मलाई जति नभए पनि प्रकृतीलाइ प्रहार भने अवश्य भएको छ । नत्र उ पनि जवफ दिन यति ढिला गर्ने मान्छे होइन । उस्ले सोच्दै नसोची पनि भन्न सक्ने जवाफ हो, के भएको छ र त्यस्तो ? अर्थात केही भएको छैन, अर्थात मलाइ त त्यस्तो लाग्दैन । जवाफको सट्टा लामो स्वास तानेर फाल्छे प्रकृती । मलाइ यो झन् कडा प्रहार लाग्छ । उस्लाइ भन्न मन थियो होला, तेरो भिनाजु पहिले देखि नै यस्तै हुन् । समाजले भन्न लगाएर मात्रै हो, तेरो भिनाजु हुन् । उनी सँग भिनाजुमा हुन पर्ने खास गुणहरु नै छैनन् , तँ मेरो ठाँउमा भएकी भए समाज विरोधी भैसक्ने थिइस् । प्रेक्ष्याको समान्य जस्तै प्रश्न अति गरुङ्गो भएर कोठाभित्र घुमिरहन्छ । वातावरण शान्त हुन्छ । भित्रभित्रै भने कोलाहल । प्रेक्षा सायद दंग पर्छे ।

…………………………………………………………………………………………………………………….

‘ आबुई के भएका होलान्, दिदी भिनाजु । झन् चुप लागेर पो वस्छन् बाई ।’ प्रकृतीको पनि धर्यताको बाँध टुटेछ क्यार, ‘तँ एकैछिन पनि चुप लागेर वस्न सक्दिनस् ?’ उ हकार्छे ।

प्रकृतीले मन लगाएर बनाएको खाजा खाने मन मरेर आउछ । प्रेक्ष्याले त उहिल्यै बुत्याइसकिछ । हामी दुईको हाल उस्तै ।

खानुस् न, किन नखानु भएको ? नमिठो छ हो ? प्रकृतीको प्रश्न ।

मिठो छ । तिम्ले चाई कि नखाएको त ? मेरो प्रति प्रश्न ।

मैले त अघि नै पनि खाएकै हो । उस्ले ढाँटी ।

माछा खादै थिएँ । सँगै चिया र रोटी पनि । तर, सुस्तरी । माछा केलाउदै जादाँ एउटा अर्कै माछा जस्तै जीव फेला पर्छ ।

‘यो के हो, मछा त होइन ।’ प्रकृती लक्षित जिज्ञासा ।

‘माछा नै हो, खाँदा हुन्छ ।’ हेर्दै नहेरी जवाफ दिन्छे । म खान्छु । थाहा पाउछु । यार्सागुम्बा रहेछ । सोच्दै नसोचेको अर्को प्रहार । ग्लानी श्रmृङ्खलाले ह्याटिक गर्यो । म अशब्द भएँ, विचार शून्य ।

अलिपछि अर्कै एकदिन ।

म अब जागिर गर्छु, एक्लै घर वस्न कठिन भो । प्रकृतीको चाहना ।

मेरो कमाइले पुगेकै छ । किन दुख गर्छौ ?

‘अरुका पो बच्चा हुन्छन्, स्यहार गर्न भनेर घर रुघेर वस्छन् । मलाई त के भो र !’ झन् तिखो प्रहार । असमन्जस्यता भित्रैवाट चुपचाप वाहिरिन्छु । म सँग कुनै जवाफ नै छैन । लाचार हुनुको विवशताले गाँज्छ मलाई ।

…………………………………………………………………………………………………………………………………………..

उ लास भई । म जिउदो लास । म लास मात्रै हुन सकिन । किन थाहा छैन । त्यसै रात काठमाडौं छाडेको म दश बर्ष देखि यो कुटीमा छु । त्यतीबेला रक्सी पिउथे, अहिले गाँजा तान्छु । त्यती बेला दुनियाँको मतलव हुन्थ्यो, अहिले कसैको मतलव छैन, आफ्नै पनि ।

‘मैले भिनाजुलाई भनेर एउटा काम मिलाएको छु, न्युरोडको सपिङ कम्प्लेक्समा । भोली देखि आउनु भनेका छन् ।’ त्यहिदिन बेलुकाको खबर । फेरी पनि नाजवाफ निस्सासिएर बाहिर निस्कन्छु । उसैलाई साथी बनाउछु, जी जी बी ब्राण्डी र चिकेन रोष्ट सँगै चुरोट । पल्लो टेवलको मान्छे विहान अखवारमा पढेको समाचार कहन्छ । सम्वन्ध बिच्छेदको मुल कारण पुरुषको नामर्दिपन । त्यही झोकमा एक पेग । साविक भन्दा एक क्वाटर वढी पिउछु । मलाई लाग्नु नलाग्नु सँग बाल छैन । मलाई फुर्छ– साला पच्छेपाती भगवान् ! कसैलाई जति भएपनि नपुग्ने वनाउने, कसैलाई दिदै नदिने ? अब भगवान विरुद्ध आन्दोलन गर्नु पर्छ । क्राान्ति गनुपर्छ । समाजवाद ल्याउनु पर्छ ।’ होटल भरिको मान्छेको ‘वा वा’ पाउछु । मोवाईल अफ गरिदिन्छु । कोठामा जान्न, लजमा सुत्छु ।

‘काम सजिलो छ । हिसब हेर्ने हो । आज दिदीले बोलाएकी छे, खाना खाने गरी । उतै बाट जान्छु ।’ उसले निर्णय सुनाई, मैले प्रतिक्रिया दिईन । उसले चाहिन पनि । बिहानै एक पेग लगाएर अफिस गएँ ।

‘तँपाईलाइ के भएको छ, विमल जी, आजभोली उति बोल्नु पनि हुन्न, विहानै पिएर आउनु भएछ । साथीलाई भन्यो भने हलुका हुन्छ, भन्नुस्, के भयो ?’ मिल्ने जस्तै साथी रमेश सरको जिज्ञासा सहितको सुझाव ।

‘केहि भएको छैन, तर अब म मर्छु ।’

‘के कुरा गनुभएको त्यस्तो ? यो त नामर्दले गर्ने कुरा हो ।’

म नामर्द नै हो ।

भन्नुस्, के भयो ?

बेलुका भन्छु, रक्सि सँगै ।

दिउसो प्रेक्ष्याले फोन गर्छे । आज म हजुर कहाँ आउछु । कोठामा ग्यास सकिएर टेनसन ।

म आज रुममा हुदिन ।

दिदि ?

त्यो मरी । कोठामा आउदिन रे ।

हजुर म कहाँ आइस्यो न त !

आउदिन, साथी कहाँ जाने प्लान छ । फोन काटिदिन्छु ।

बेलुका रमेश जी कहाँ नै वसें । दुख सेयर भो । मलाई रमेशको डिभोर्स भएको भएको त थाहा थियो तर कारण थाहा थिएन । थाहा भो, समस्या एउटै रहेछ । आधा रात सम्म दुखका कुरा सँगै अल्कोहल मिसाईयो । एक रातको लागि रक्सीले दुख पखाल्ने कोसिस गर्यो ।

घटनाक्रम यसरी विकसित हुदै गयो कि, प्रकृती सँगको फोनको अनुपात ह्वात्तै घट्यो । त्यस दिन देखि कुनै दिन प्रकृती खुलेको देख्न पाईन । गजधम्म । न पानी पर्छ, न घाम नै देख्न पाउछु । सायद मन नै अध्यारो भो । मेरो कोठामा जानेक्रम फोन जस्तै भयो । शरिर सँगै मनको दुरी पनि बढ्यो । प्रकृतीको भिनाजु………., सायद उस्को भने म प्रती कुनै शंका नहोला ।

अनि फेरी एकदिन,

म कोठामै अन्तरहृदयी साथी सँग मस्त थिए । साँझको समय हो । प्रेक्ष्याको प्रवेश । उसको आगमन मलाई एकदमै स्वभाविक भन्दा बढी लागेन । मानौ उ अघि भर्खरै यही थी, गएकी थि, आई । सताउन जानेकी नामुद केटी । ममा मात्रै हाईन, उस्मा पनि पहिला पहला जस्तो चन्चलता र उत्साह थिएन । आइ, थपक्क वसी । एउटा दयालाग्दो आँखाले हेरी । र भनि, साँच्चै भिनाजु तँपाईलाई के भएको छ ? मैले छोटो जवाफ फर्काएँ, खासै केहि भएको छैन । जति भएको छ, तेरै दिदीलाई थाहा छ, सोध् । मलाई त यति मात्रै थाहा छ कि, अब म धेरै बाँच्दिन ।

एकैक्षण मौनता । उ टाँस्एिर म सँगै वस्छे । उ आफै हाल्छे एक पेग, मेरो अन्तरहृदयी साथी । चियर्स पनि नभनी तान्छे । मोइ सोचिछ क्यार, तुनतुन तान्न खोजी, झन्नै छादिन । लामो समय पछि मलाई हासो फुट्यो । र पनि उ पिउने मानसिकतामा नै छे । चुपचाप फेरी पिई । दोस्रो त्यस्तो भएन । म हेरिरहे, उ पिइरहि । झ्याप भई । बकबकाउन थाली ।

‘हो, भिनाजु म तँपाईलाई भित्रै देखि मन पराउछु, चहन्छु । यो मेरो गल्ती भए क्षमा दिनुहोला । म दिदीको सौता बन्नपनि तयार छु । उ प्राय धारा प्रवाह बोलीरहन्छे, म सिर्फ सुनिरहन्छु । मेरो. चल्चलतालाई अश्लील नभन्नु होला । यो मेरो चोखो भावना हो । वुझ्ने कोसिस गर्नुहोला, नत्र म जे पनि गर्न सक्छु ।

जे पनि भन्नाले ? म बोल्छु ।

मरिदिन्छु । उ सहज भन्छे ।

…………………………………………………………………………………………………………………………………

निश्चय हामी अल्कोहलको नशामा नराम्ररी भिजिसकेका थियौ । हाम्रो खास भाव ओकलिदै थियो । लगभग प्रेक्ष्याले त पुग्ने जति ओकलिसकी । तर उसले म बिना मरिदिन्छु भन्दा उहिले छातिमा टाउको राखेर प्रकृतीले पनि यस्तै भनेको याद आयो । सम्झना वर्तमानमा आएर ठोकियो । सोचें प्रकृती अहिले म बिनाको जीबन चाहिरहेकी छ । उस्लाई म निल्नु न ओकल्नु भएको छु । प्रेक्ष्याले यो सब थाहा पाई भने सायद मलाई छोड्छे । नत्र सुख दिन्न । तर मैले मेरो कमजोरी उसलाई कसरी देखाउने ?

के साच्चै तिमी म बिना मर्छौ त ?

देखाईदिउँ ?

हेरौ त !

जुरुक्क उठी । हतार हतार सोफा माथिको झोलावाट एउटा सानो सिसी निकाली । म सामान्य ठानेर टुलुटुलु हेरीमात्र रहें । तर उसले तुनतुन पहिलो पेग ब्रण्डीकै शैलीमा पोइजन पिएकी रहिछ । तैपनि उसलाई बचाउन मैले खास प्रयत्न गरिंन । किनकी, म बिना उ मर्ने नै रहिछ । मेरो भएर प्रति दिन थारै थोरै मार्नु भन्दा उ आफैले सिङ्गै मरेको राम्रो लाग्यो ।

उ लास भई । म जिउदो लास । म लास मात्रै हुन सकिन । किन थाहा छैन । त्यसै रात काठमाडौं छाडेको म दश बर्ष देखि यो कुटीमा छु । त्यतीबेला रक्सी पिउथे, अहिले गाँजा तान्छु । त्यती बेला दुनियाँको मतलव हुन्थ्यो, अहिले कसैको मतलव छैन, आफ्नै पनि ।

(स्रोत : Himalayamail)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.