~भगवति बस्नेत~
तिमी मैले रूने हाँस्ने उही धर्ति उही आकाश
तिमी मैले मर्ने र बाँच्ने उही धर्ति उही आकाश ।
मनभरी नयनभरि उही प्रेमिल आकृति छ
सागरको पानीसरि अथाह नै पिरती छ ।
सम्झनको बतासले तिमीसँगै पुर्याई दिन्छ
आँधीहुरी आए पनि तिमीसँगै हुर्याई दिन्छ ।
झरनाको पानी जस्तै कलकल म बगिदिउला
तिमी साथ रहे संधै सारा दुख सहि दिउला
मरुभूमि चारैतिर एक्लो मन बोकी हिंड्छु
लैजाउ प्रिय तिमीलाई यो जीवनै सुम्पी दिन्छु ।
(स्रोत : Himalayamail)