~ललितकुमार न्यौपाने~
पृथ्वी तिम्रो दुख:ले आज्र्याको मुलुकमा आज ,
ठुलो संकट आएको छ ।
तिम्रो दुई ढुंगाबीचको तरुलमा आज ,
सबै खाले प्रहार भएको छ ।।
घुस खाने भ्रस्ट ,स्वार्थी , विदेशी दलालहरुले
देशलाई रसातल तिर धकेलिरहेछन् ।
कालाबजारी र तस्करहरुको बिगबिगीले,
जनताहरुको जिबन कस्टकर पार्दै ठुलो सास्ती दिइ रहेका छन् ।।
पृथ्वी तिम्रो चार वर्ण छत्तिस जातको फूलबारीमा आज,
अनेक बहानामा जातिय सद्भाव भडकाउन खोजिएको छ ।
देशलाई दाउमा राख्दै आफनो नैतिकता र स्वाभिमानलाई ओझेलमा पार्दै,
राजनीतिको नाममा जातीय हिंसा ,मुठभेड र बिद्रोहलाई रोजिएको छ ।।
नेपाललाई सबै खाले प्रहार बाट मुक्त गर्न,
संकीर्ण स्वार्थ त्यागी सबै नेपाली एकजुट हुनु पर्छ ।
मधेश ,पहाड ,हिमालका सबै हामी मिली,
सबैखाले शत्रुहरु नामेट पार्दै देश बचाउनुपर्छ ।। देश बचाउनुपर्छ ।।
(२९४ औं पृथ्वी जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको सम्झनामा लेखिएको कविता )
(स्रोत : Himalayamail)