~तारा पौडेल~
छिद्राबाट चिहाएर हेर्न मैले खोज्या ।
आफ्नो देश छोडी मैले विदेशलाई रोज्या ।।
अर्थहिन संसारमा अस्तित्व नै मेट्या ।
जात धर्म, भेष भूषा सबै अर्कै भेट्या ।।
ठुला घर, चिल्ला गाडी सबै भोग्न पाइने ।
न त रछ सुख यहां नत शान्ति मिल्ने ।।
बुद्धि, बिबेक र पसिना बिदेशलाई बेच्या ।
सुख, शान्ति खोज्दा मैले स्वदेशमा नै भेट्या ।।
हिमालको शिर मेरो पहाड हो नि छाती ।
सेरोफेरो सबै मेरो तराइको पाती ।।
दृष्टिविहीन संसारमा विदेसिनु गाह्रो ।
लाग्ने रैछ सधै भरि आफ्नैे धर्ती प्यारो ।।
(स्रोत : Himalayamail)