गजल : के विश्वाश गरौं ?

~मनोज काफ्ले ‘मनसुन’~Manoj Kafle 'Monsoon'

मलाई सताउनेको के विश्वाश गरौं ?
भेटे नबोलाउनेको के विश्वाश गरौं ?

कतै लत्तीएँ कतै धम्किएँ जिन्दगीमा
दुँनिया नचाउनेको के विश्वाश गरौं ?

आफ्नै सदर आफै जान्नेसुन्ने, अर्को
बोल्दा रिसाउनेको के विश्वाश गरौं ?

एक्लैभेटे तिमीनै हौ मेरो जिन्दगी रे
भिडमा पंंछाउनेको के विश्वाश गरौं ?

एता ठिक्कपार्दै उतापनि ठिक्क पार्दै
यथार्थ लुकाउनेको के विश्वाश गरौं ?

स्याङ्गजा -एलादी ४
हाल कुबेत

(स्रोत : syanghasahitaya.wordpress.com)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.