~डी. वी. पालुङ्वा~
धार्मिक अपनत्व र सहिष्णुता उल्लङघन गरेर
मैले आफ्नो धर्म छाड्नै सकिनँ
कि यो सत्य हो
यो सत्यमा कायर र कांतर, आदर्श र सिद्धान्त
प्रतिपादन गर्न मेरो आत्माले मञ्जुर गरेन
अझ यो राजनीतिक अवतरणमा
यहां लोगो र झण्डा फरक भएर
आखिर के नै भो ?
जहां नीति र सिद्धान्त एकातिर भए पनि
सभ्यता दक्षिणमुखी एबं ब्यक्तिमुखी भजन कृतनमा अथवा
यी दुर्इवटा अनुहारमा एउटै आंखा, एउटै दृष्टि,
एउटै दृष्टिमा एउटै दर्शन
नत्र यिनीहरुको छातीमा पक्रेर सोधि हेर त,
कि यिनीहरु एउटै आमाका
सहोदर दाजु भाइहरु हुन की होइनन् ?
जसले भ्रष्ट, शोषक, सामन्ती, र साम्राज्यबादीहरुको सधैं
कुटी र दरबारमा र्इटा लगाई रह्यो
र ठुलठुला गेट र ढोकाहरुमा
रक्षाकवच बनेर उभियो, अनि
हरेक ढोका र झ्यालमा कालो सिसा लगायो र
कालो सिसामा कालै पर्दा लगायो अनि
त्यही भित्र कुकृत्यको श्रृंखलाहरु थप्दै र
सम्पादन गर्दै गयो,
अब यस श्रृंखलाका खलनायकहरुको छिट्टै अवसान हुदैछ
किनभने
जसले धेरैलाई अनि म समेतलाई बिरोधी बनायो
तर आजका यी निस्क्रिय दिनहरुलाई आजलाई यही बिदाई
आजको यो खैरो सांझलाई आजलाई यही बिदाई
तर भोलिको सांझ ति म्रो शोक गीत लेख्न
मलाई फुर्सद हुने छैन
किनकी यो कुटिल डबलीमा
अब म चिहान खन्दैछु ।
जहां इतिहांसको कालखण्डहरुले पुरेको
प्रजातन्त्रको बर्खिलाप गर्नेहरुको बिरुद्धमा
आम बिचारहरु संग हिड्नेहरुको बिरुद्धमा
सडक अवरुद्ध गर्नेहरुको बिरुद्धमा
अब म ब्लास्टिङ पड्कन्दैछु र
नागरिक सर्वोच्चताको सडक विस्तार गर्दैछु
अब म मोराकोट आउँदैछु
जहां नियतबस लेखिएका दर्शन र आदर्शका
दास्तावेजहरु च्यात्न
कुख्यात घुस्याहा र कामचोरहरुको
कठालो पक्रेर, जनताको अदालतमा घिसार्दै
एउटा बृत्तबाट उत्तराजनीतिक संरचनाको
गजबार भत्काउँदै पुनराबृत्तबाट
पुनःसंरचनाको घोचा गाड्दै
बिकेन्द्रीकरणको शेरमा
कम भन्दा कम मुल्य र मान्यतामा
एउटा महत्वपूर्ण टेन्डरको आव्हान गर्दैछु ।
के तिमीलाई मञ्जुर छ ?
छ भने आउ, यो संम्झौता पत्रमा
एउटा जटिल एवं महत्वपूर्ण हस्ताक्षर गरौं ।
हङकङ
(स्रोत : कविता कुसुम)