~सन्दिप बडाल~
एउटा मध्यरातको कथा
कसलाई सुनाउँ थाहा छैन
एउटा आर्तनादको कथा
दबेकाछन् मनभित्र पिडा अनि चोटहरू
घाउमाथि काटेको छ, आला भा’छन् खोटहरू
कसले सुन्ला मेरो,
नयाँ कष्टवादको कथा
कसलाई सुनाउँ थाहा छैन
एउटा आर्तनादको कथा
एउटा मध्यरातको कथा
सुन्नेकाछन् भावना यी, विचारका बनोटहरू
साह्रो भा’छ मन यति, निश्तब्ध भा’छन् ढलोटहरू
कसले बुझ्ला मेरो,
नौलो पिडावादको कथा
कसलाई सुनाउँ थाहा छैन
एउटा आर्तनादको कथा
एउटा मध्यरातको कथा
-८ नोबेम्बर, २००८
(स्रोत : रचनाकारको ब्लगबाट सभार)