~जे.बी. शेर्पा ~
आदिम युग देखिनै मानव जाती हरुले कुनै न कुनै प्रकारले धर्म लाइ मान्दै आई रहेका छन । समयक्रम संगै संसारमा विभिन्न धर्म हरुले मानव समाजमा प्रभाव जमाउदै फैलिँदै जान थाल्यो यसरी फैलिदै गई रहेको पुरानो धर्महरु मध्ये बुद्ध धर्म प्रमुख मानिन्छ । एक्काईसौँ शताब्दी को आधुनिक वैज्ञानिक युगमा समेत बुद्ध धर्म ले झन झन गहिरो ज़रा गाड्दै गई रहेको छ । विशेष गरी यूरोप र अमेरिका मा बुद्ध धर्म प्रति व्यापक आकर्षण बढ्दै गई रहेको छ फलस्वरूप उनी हरुकै सक्रिय सहभागिता मा हरेक देश हरुमा बुद्ध संघ संगठन र बौद्ध गुम्बा हरु समेत निर्माण भै सकेका छन भने कतिपय देश हरुमा निर्माण का क्रम मा छन । सवै बौद्ध धर्मावलम्वि हरु वा बुद्ध धर्म प्रति आस्था राख्ने सवै लाइ यो ख़ुशी कै विषय हो । वास्तविक रुपमा भन्नेहो भने प्रचार र प्रशार बिना नै आधुनिक र वौद्दिक समाजमा यस धर्मले स्थान पाउनु भनेको नै बुद्ध धर्म को मह्त्व ले संसार ब्युंझिनु हो ।
हुनत बुद्ध धर्म लाइ कसै कसैले कुनै पनि धर्म नमान्ने धर्म पनि भन्छन त कसैले बुद्ध धर्म धर्म नभएर दर्शन हो पनि भन्छन तर जसो भएता पनि बुद्ध धर्म को महत्व यती छ की प्रशिद्द वैज्ञानिक अलबर्ट आइंस्टाइन समेत ले भनेका थिए कि “आधुनिक वैज्ञानिक युग सुहाउदों धर्म यदि कुनै छ भने त्यों बुद्ध धर्म नै हो ” । पश्चिमी संसार का मानिस हरुले जति मात्रा मा यो धर्म लाइ आवश्यक ठानेका छन त्यहि अनुरूप बुद्ध धर्म संग सम्बंधित बिभिन्न भाषामा पुस्तक , पत्र पत्रिका हरु को प्रकाशन पनि भै रहेको पाइन्छ र विशेष गरेर बौद्धिक वर्ग हरु यस धर्म प्रति आकर्षित पाइन्छन । यिनिहरू यसरी आकर्षित हुनु मा बुद्ध धर्म को दर्शन र ध्यान बाट मानिस ले पाउने आत्मिक शुख शान्ति नै मुख्य हो । यस पंक्तिकार ले अहिले सम्म जतिपनी पश्चिमेली बुद्दिस्ट हूँ भन्ने हरु भेटेको छ तिनिहरू सवैले बौद्ध धर्म सम्बन्धी धेर थोर अध्यन गरेको र पटक पटक ध्यान गरेर मन वचन्ले शुद्द भै रहेको अनुभव व्यक्त गरेका छन ।
सांसारिक जीवन का जटिलता हरु बाट थकित मानिस हरु मानशिक , आध्यात्मिक शांति र शुख प्राप्ति को लागी यो धर्म प्रति लगाव राखेको बताउछन र स-गौरव म पनि बुद्दिस्ट हूँ नि भनेर भन्छन , तर मलाई भने त्यों बखत भित्र भित्रै आत्मा ग्लानी भै रहेको हुन्छ , अनि म आफैं जो जन्मजात बौद्ध हूँ भनेर गौरव गर्ने मान्छे , यी ज्ञान हरुमा ति पश्चिमी संसार का मानिस हरु भन्दा धेरै पछाडी परेको अनुभव गर्छु ! बौद्ध संस्कृतिमा जन्मे हुर्केर आस्था राखेर मात्र मानिस बौद्ध हुन नसकिने रहेछ , त्यसको लागी त त्यस सम्बन्धी ज्ञान र ध्यान पनि आवश्यक पर्ने रहेछ यो पनि मैले उनिहरु बाटै सिकें । यो अर्थमा त म भन्दा पनि उनिहरु पो पक्का बौद्ध भै सकेका रहेछन ! यसो हनुमा केही हाम्रो आफ्नै गल्ती र धेरै मात्रामा ठूला लामा ज्यू हरु र धार्मिक रूपले सक्रीय ठूला बड़ा व्यक्ति हरु कै गल्ती देख्छु जसका कारण ले शेर्पा समुदाय का हामीहरु धार्मिक रूपले मात्र भगवान् बुद्ध संग नाम जोडिएको पाउछौ र बुद्ध का अनुयाई भनिन्छौ तर वास्तव मा पूजा-आज गर्ने , ओङ म जाने ,कोरामा जाने , माला जप्ने र तीर्थ ब्रत गर्ने बाहेक आज सम्म हाम्रो समाजले खाशै आध्यात्मिक , मानशिक शांति र संतुस्टि पाउन सकेको सुनिएको छैन !
धर्म मान्नु को अर्थ यतिमै सिमित छैन तर यी सबै का साथ साथ मा विपश्यना ध्यानको महत्व र त्यसको व्यावहारिक प्रवेश हाम्रो समाजमा हुन सक्यो भने सुनमा सुगंध हुने थियो र हामी हरेक ले बुद्ध धर्म को सार तत्व बुझी आध्यात्मिक फाईदा पनि पाउने थियौं । स शुभ कार्य को लागी हामी हरु आफै ले पनि वा आफ्ना बाजे बज्यै, बा आमा, आफन्त हरु लाइ विपश्यना ध्यान शिविर हरुमा भागलिन र त्यस बाट फाईदा लिन आग्रह गर्नु जरुरी छ । यदि शेर्पा लामा, गुरु ज्यू हरु वा अन्य धर्मभीरु व्यक्ति संघ संस्था हरु बाट नै यस्ता ध्यान शिविर राख्ने कार्यक्रम हरु गर्न सकियो र त्यस्तो हुन सक्यो भने समाजकै भलाई हुने छ र अंतत बुद्ध धर्म र हामी बिच को वास्तविक दुरी झनै नजिक हुदै जानेछ । भगवान् बुद्ध ले समेत यही “”विपश्यना-साधना'”‘ द्वारा बुद्धत्व प्राप्त गर्नु भएको थियो । यो ध्यान गर्नु भने को सत्य को उपासना गर्नु हो, यो ध्यान जीवन को सत्यता लाइ बुझ्दै जीवन जिउने कला हो ।
मानिस लाइ विगतका पीर र भविष्य को चिंता हरु भन्दा पर रहेर वर्तमानमा जिउन यही ध्यान ले सिकाउद्छ साथै वास्तविक रुपमा मान्छे लाई उ को हो भनेर पनि यो ध्यान ले चिनाउद्छ । यी सारा महत्व हरुको कारन ले नै आज संसारका विभिन्न देशका बंदी गृह ( जेल ) हरुमा समेत त्यहा का कैदी हरु लाइ विपश्यना ध्यानमा सरिक गराइन्छ र केही पटक को ध्यान पश्चात कैयौ कैदी हरुको सोचाई र जीवन शैली नै बदलिएको यथार्थ र ख़ुशी लाग्दा समाचार र कथा हरु बेला बेला मा सुन्न पाईन्छ यसै सिलसिलामा श्रीधर शमशेर ज.ब.रा.रिम्पोछे ( आचार्य धर्म बज्र ) एक जना उल्लेखनीय नेपाली व्यक्तितव हुनुहुन्छ जो राणा खान्दानमा जन्मे हुर्के पनि वर्षौ को अध्यन, ध्यान र तपस्या बाट बौद्ध धर्म को रिम्पोछे हुनु भएको छ । वहां को विषय मा पहिले नै नेपाल टाइम्स र शेर्पा वर्ल्ड डट कम मा पनि लेख छापीइ सकेको थियो । त्यस्तै मेरै एक मित्र को गाउले जो जात ले ब्राह्मण भएपनि कसैको प्रेरणाले विपश्यना ध्यानमा एक पटक सहभागी भए पश्चात् सधैको लागी गेरू वस्त्र धारण गरि बुद्ध धर्म कै सेवामा लागी रहेका छन । यसै गरि संसार भरी धेरै नामी हस्ती हरु छन जसले बुद्ध धर्म को महत्व र आवश्यकता महसुस गरेर यसै धर्म मा लागेका छन र सेवा गरि रहेका छन ।
– जाङबु (जे.बी.) शेर्पा
एंटवर्प , बेल्जियम