~इलामेली टीकाराम दुलाल~
तोटक छन्द
अभिभाज्य कुरा छ बिभाजनमा
सुख छैन अरे जनको मनमा
किन भाग र अंश लगाउनु खै
इतिहास सधैँ छ नि हो जिउदै ।१।
किन मास्नु सबै बिरुवा फलको
लिन स्वार्थ र यो सुबिधा पलको
अब चुन्नु यहाँ सब खास बुझि
हिड मार्ग सही इतिहास बुझि ।२।
किन क्षेत्र र जात र गोत्र भनि
अलगै हुनु भाइ र भाइ पनि
ममता छ उही जनता छ उही
अनि काख दिने धरणी छ उही ।३।
मृतिका सबको जब सास हुदा
सब हुन्छ धुलो जन लास हुदा
उठिबास गरे छ र पुण्य भन
परसेवकमा बरू लाग जन ।४।
पहिला कति बाइस चौबिसका
गण राज्य थिए भनि बोध हुदा
अनि त्यै युगमा किन जानु अहोँ
सब देश कतै बिकराल न हो ।५।
२०७२/०३/०८ रोज ३
इलामेली टीकाराम दुलाल
नक्साल
(स्रोत : रचनाकार स्वयंले ‘ साहित्य संग्रहालय फेसबुक पेज ‘ मा पठाईएको । )