~सूर्यविक्रम याक्खा~
अब मेरो देशमा बुद्ध चाहियो
पात्तीले चोखो पार्ने शुद्ध चाहियो ।
देशको विकाश रोजगार दिने ,
एउटा शमशेर जुद्ध चाहियो ।
अब मेरो देशमा वुद्ध चाहियो ………
कुर्सी ताक्ने ,खुट्टा तान्ने प्रथा रहे ,
फेरी दशवर्षे जनयुद्ध चाहियो ।
अब मेरो देशमा वुद्ध चाहियो
पात्तीले चोखो पार्ने शुद्ध चाहियो ।
मिति २०१०/०६/२२
मोरङ्ग, हाल – साउदीअरव रियाद
(स्रोत : कविता कुसुम)