कविता : बिश्वासको बीज छरेर उमार जनजनमा

~बिष्णु नन्द चाम्लिंग~Bishnu Nanda Chamling

सुन्दर नेपाल र्सबभौम राज्य
इतिहाँसले त भन्छ
पहिला त थियो अरे बिशाल नेपाल
अंगे्रजले निल्यो रे टिष्टा र काङ्गडा
लडेर देखाए अरे बहादुरी खुकुरी कै भरमा
बलभद्र कुँवर र उनका सिपाहीँहरुले
छुन दिएनन् अरे बाँकी भूभाग
परन्तु
दुःखको कुरो
गुमाइका टिष्टा र काङ्गडा
फर्काउँन सकेन योद्धाहरुले
भारतीयहरुले त लडेर भगाए अँगे्रजलाई
सिङ्गो भारत छोड्न बद्य बनाए
लडे नेपाली नेताहरुले पनि
नेहरु र गान्धिको पुच्छर भएर
भारत छाडेर जा भन्न सक्नेले
किन भनेन नेपालको जमिन पनि फिर्ता गरेर जा ?
किन लडेनन् आफ्नो गुमेको जमिन फर्काउँन ?
आखिरमा अँग्रेज र भरतले नेपाललाई
झाडा पखालाले ग्रसित बिरामीलाई
बिना जीवन जल जस्तै बनायो
१९५०को सन्धी लादेर
त्यही सन्धीले बिकासमा हथ्कडि र नेलकडि लगाइ दियो
अधिकारको कुरा गर्न खपिस हाम्रा नेताहरु
आफ्ना आमाबाबु, दाजुभाइ दिदीबहिनीसँग
अधिकारका लागि लड्न सक्छन्
आफनो देशको भूभाग फिर्ता लिनलाई
किन सक्दैनन् अन्तराष्ट्रिय अदालतमा
आफ्नो अधिकार खोज्न र माग्न ?
अहिले बाँचेका बाँकी भूभाग पनि
कति त मिचे अनि मिच्दै छन् बिस्तारबादी भारतले
तर
देख्दैनन् र बुझ्न चाहँदैनन् नव देशभक्तिहरुले
मात्र
जानेका छन् शत्रुको सामु धनुष्टंङ्कार बन्न
बस यत्ति
सिङ्गापूर, स्विजरल्याण्डको सपना देख्छन्
जनतालाई ढाँट्ने बाटो
जन्ताको आँखामा छारो हाल्ने काम
भन्छन् उनीहरु
म नेपाललाई सिङ्गापूर बनाइ दिन्छु्
स्विजरल्याण्ड बनाइ दिन्छु
तर
बिचरोहरुलाई के थाहा
स्विजरल्याण्ड संसारमा चिनिन कत्ति समय लाग्यो
कत्ति वर्षलाग्यो सिँगापूर बनिनु
ए नव देश भक्तिहरु हो
अब त भाषण होइन
अब त आशन होइन
बिश्वासको बीज छरेर
उमार जनजनमा
अँध्यारोमा उज्यालो खोज बिश्वासको टुकी बालेर
भेट्ने छौ बिकासको सही बाटो
चुमेर हेर नेपालको उर्बर माटो ।

१७ फेब्रुवरी १०
इन्द्रेणिपोखरि ३ खोटांग
हाल – हंग कंग

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.