~चकेन्द्र राई “कैदी”~
लगाम लगाएको घोडा जस्तै
मेहेमा बाधिएको गोरु जस्तै
हरेकको गलामा बाँधिएको छ
एउटा कुसंस्कारको साङलो
त्यसैले
भर्खरकी तिन चार जान तरुणी चेलिहरु
लठ्ठकिो साहाराले मात्र हिड्न सक्ने
एउटा जिजीविषालाई पछ्याई रहेका छन ,
आफ्नो पतिदेव संम्झेर…………।
आँखा भएर पनि ति चेलिहरुले
आफ्नो खुल्ला आँखाले
कहिल्यै यो दुनियाँ हेर्न पाएका छैनन ।
एक पल पनि स्वातन्त्रको
मिठो स्वास फेर्न पाएका छैनन ।
अनि यी चेलिहरुको अनुहार पनि
कहिल्यै, कसैले देखेका छैनन ।
कसै सँग सिधा नजर हेर्नु र हेराउनु हुदैन रे…..।
धर्म नष्ट हन्छ रे…..।
त्यसैले यी चेलिहरुको कथा
अलिक भिन्न र अलिक बिशिष्ट छ ।
अनुमति दिन्छौ भने चेलि
आज म ति म्रो आत्मा कथा लेख्छु ।
यो धरतिको यो युगको नमिठो सत्य लेख्छु ।
काले बार्को भित्रको अत्याचारको
सारा सारा यर्थाथहरु लेख्छु ।
ढुङ्गा जस्तै मन भएका
रोवट रुपी पुरुषहरुको बारेमा लेख्छु ।
धर्मको नाम लिएर
चेलिहरु माथी गरिने कठोर दमनको कुरा लेख्छु ।
जहाँ महिला अधिकारबादीहरु
राष्ट्रिय र अन्तर्राष्ट्रिय ठुल्ठुला सेमिनारहरु गर्छन ,
त्यहाँ नै आफ्नो टाउको ढाकिएको कालो बोर्की
उठाउन नपाउने सम्मा कुसंस्कार पनि छ ।
के यो तपाईहरुलाई थाहा छ ?
विरोधको प्रतिक कालो कपडाले
युगौ देखि सिङ्गै शरिर छोपि मौन विरोध
गरि रहेको ठाँउ सम्म के तपाईहरुको नजर पुगेको छ ?
धर्मका दासहरु , कुसंस्कारका कमारीहरु
यी पिडीत चेलिहरुको अधिकार
महिला अधिकार भित्र कहिले समेटिन्छन् हजुर ?
चेतनाको उज्यालो भन्दा अलिक पर
मानव सभ्यताको दृष्टि भन्दा अलिक ओर
सुन्यता र अन्धकारमा एउटा बस्ती छ ।
त्यहाँ धर्मले मान्छे जन्माउदो रहेछ ।
मान्छेहरुले धर्मलाई होईन ।
संस्कारलाई त मान्छे मात्रको
हजुर बाबा पो ठोनिदो रहेछ………….।
त्यसैले त्यहाँ
एउटी छोरी मान्छे लाई मान्छे मानिदैन ।
हो हजुर आज म
एउटी छोरी मान्छे साँच्चि नै
मान्छे जस्तो भएर बाँचेको हेर्न चाहान्छु ।
आज तिनै चेलीहरुको
मुटु भित्रको सबै र्सबै बेदना लेख्न चाहान्छु ।
बरु यो दुनियाँ बाट निष्कासित हुन परोस ।
तर म आफु पुरुष हुनुको
अहंता र आफ्नै कलुषिताको भावनाको
एउटा मिठो लज्जा लेख्न चाहान्छु ।।
चकेन्द्र राई ”कैदी”
धनकुटा, हाल :- दोहा, कतार
(स्रोत : कविता कुसुम)