लघुकथा : तालिम आतंक

~पदम भण्डारी~Padam Bhandari

जाजरकोट सदरमुकामको रम्भा होटल अगाडि चिया पिउन जम्मा भएका मानिसहरुमध्ये एकजनाले कुरा निकाल्यो-‘जिल्लामा जुन संघसंस्था आए पनि तालिम नै गर्छन् । नोटबुक बाँड्यो, डटपेन बाँड्यो, खाजा खुवायो, तालिम सिध्यायो । तालिम संचालन गर्नेहरु साह्रै फटाहा निस्किए । यस्ता तालिम संचालन गर्नु भन्दा त बरु पैसा बाँडे राम्रो हुन्थ्यो । जिल्लामा तालिम आतंक छ ।

गफ सुनिरहेकोमध्ये अर्कोले कुरा निकाल्यो-‘तालिम संचालन गर्नेहरु त फटाहा भए ठीकै छ । तिनीहरु भन्दा पनि बढी फटाहा त हामी तालिम लिनेहरु छौं । उनीहरु नोटबुक, डटपेन बाँड्छन, हामी त्यो कापीमा एक पन्ना पनि नलेखि घरमा लगेर छोराछोरीलाई दिन्छौं । चिया पिउन जम्मा भएका मानिसहरुमा हाँसोको लहर छुट्यो । उनीहरुको हाँसोले मलाई व्यंग्य गरिरहेको थियो किनकि म जाजरकोटमा तालिम संचालन गर्न गएको व्यक्ति थिएँ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.