गजल : भुलेको छैन

~मनोज काफ्ले ‘मनसुन’~Manoj Kafle 'Monsoon'

खाएका कसम भुलेको छैन
बैरीको ऋणमा डुलेको छैन

टुट्लाकी मायाँ नभन प्रिय
अटुट छ नाता टुटेको छैन l

कल्पना तिम्रो आउँछ प्रिय
निशाना अझै छुटेको छैन

उजाड लाग्छ बिरानो शहर
प्याउली फुल फुलेको छैन

रुन्थ्यौ तिमी मनसुन संग
आँखा सुके की सुकेको छैन

कुवैत

(स्रोत : syanghasahitaya.wordpress.com)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.