~सुरज दाहाल~
बिहानै “दि फिलोसोफिकल क्याफे”मा सपनाको चर्चा सुरु भयो । यो त्यहि रात पछीको बिहान थियो जुन रात चुवाङ तजु सपनामा पुतली बनेर उडेका थिए !बिहान उनी पखेटा खोज्दै थिए ।
बिल्कुल स्वतन्त्र स्वचालित एउटा सुन्दर पुतली ।
चुवाङ दुविधाग्रस्त भए ‘चुवाङ पुतली थिए चुवाङ को भुमिकाको सपना देख्दै छन वा चुवाङ ले पुतली भएको सपना मात्र देखेका थिए !तर चुवाङ आफू लाई पुतली को रुपमा पनि स्वीकार गर्न सकिरहेका थिएनन अनि पुतलीरुपि चुवाङ आफ्नै पखेटा भेटिरहेका थिएनन !, सपना माथी गम्भीर प्रश्न चिन्ह लाग्यो !
यथार्थवाद ले चुवाङ लाई पागल घोषणा गर्यो !
यो यथार्थवाद माथी नया चुनौती थियो ।
यो जागृत भएको भ्रममा निदाएका स्वपनदर्शीहरु माथि ठूलो झटका थियो ।
प्राय मानिस जब चुनौतीहरु देखि डराएर भाग्दछ्न तब चुनौती दिने मानिस र परिस्थीतिहरू गलत देख्छ ।
यो त्यही बिहान थियो जुन बिहान सुनिता पनी दुविधाग्रस्त थिइन ! सुनिता ले सपनामा ‘स्वयं बेहुली’ भएको देखीन ! वास्तवमा बिहानमा सुनिता बेहुली हो बेहुली कै रुपमा सुनितालाई सपनामा देखिरहेछ्न अथवा सुनिता ले बेहुली भएको सपना मात्र देखेकी थिइन सुनिता ले आफै लाई छुटाउन सकिनन अर्थात बेहुली ले सुनिता भेटन सकिनन | जागरण र भ्रम चेतन गर्न सकिनन ।
उनले आफू लाई अचानक अनन्त बेहुली घोषणा गरीन !एक अक्षय अविनाशी कुमारी बेहुली !
सुनिताले क्याफेको पुन-नामाकरण गरीन “दि फिलोसोफिकल बेहुली क्याफे ” क्याफे लाई एक चक्कर लगाइन ! इन्द्रधनुषी उनको मुहार ले क्याफेमा अनौठो प्रकाश दियो !क्याफेका मौन टेबलहरु सुनिता लाई हेरिरहे ! वसन्तमय फुलबारीका कोपिलाहरु उनको सुगन्ध ले ध्यानमग्न भए ।
कफिका पारखी भोल्टायर क्याफेको एक कुनामा मरणासन्न कफी पिउदै थिए ।पाब्लो नेरुदा त्यही क्याफेमा काव्यरस छताछुल्ल पोख्थे “यु क्यान कट अल द फ्लावरस बट यु क्यान नट किप स्प्रीङ फ्रम कमिङ /तिमि फुलहरु काटन सक्छौ तर वसन्तको आगमन रोक्न सक्दैनौ । रुसो त्यही क्याफेको अर्को कुनामा बुद्धीको निन्दा गर्थे र मानविय भावना लाई महत्व दिन्थे ! सामाजिक बन्धन र राजनितीक दासताको आलोचना गर्दै पनि राज्यको नैतिकताको लागी अनिवार्य भनेका थिए ।फलत : त्यही क्याफेमा विवादित हुदा हुदै रुसो तानाशाह राबेसपीयरका आदर्श बनेका थिए । मार्खेजको म्याजिकल रियालिज्म(जादुयी यथार्थवाद) त्यही क्याफेमा मार्खेज सगै आदि भयो अनि त्यही कयाफेमा मार्खेज सगै अन्त्य !
त्यो त्यही क्याफे थियो जाहा यथार्थवाद र आभाषवाद हरेक बिहान झगडा गर्थे । त्यो त्यही क्याफे थियो जाहा विवेकवाद र अनुभववाद वाद-विवाद गर्थे ,जाहा प्रयोगवाद र नामवाद चुम्बन गर्थे ।जाहा मार्क्सवाद र अराजकतावाद मैथुन गर्थे ! सन्देहवाद ले त्यही क्याफेमा चिन्तन गर्थ्यो । हो त्यो त्यही बिहानी थियो जुन बिहान फ्रेडरीक नित्शे ले ईश्वर लाई मृतक घोषणा गरीदीए ! सुनिता छक्क परी -“सारा मृतक ईश्वर थिए वा ईश्वर मृत नै हुन ? ” “कुनै ईश्वर को मृत्युु हुन बाकी छ कि सबै ईश्वर मरिसके? ईश्वर मरेर स्वर्ग गए वा नर्क ?
सुनिता सग प्रश्न थिएनन प्रश्न सग सुनिता थिइन। सुनिता आफैमा प्रश्न थिइन त्यसैले फिलोसोफिकल क्याफेमा दार्शनिक को लाम लागेको थियो ।
क्याफेको एक कुनामा लियो टोल्सटोय “हाउ मच डज अ म्यान निड “लेख्दै थिए ।कहिले हठात भन्थे नित्शे मूर्ख र असामान्य थिए ।
सुनिता को बेहुलीरुपमा कसैको नजर गएन ।
किनकी सुनिताको बेहुलीरुपमा नयापन थिएन !
बेहुली सुनिता अपरीचित अनपेक्षित थिइन ।
अर्थात बेहुली सुनिता आकस्मीक निरन्तरता थिइन ।
दिनमा कार्ल मार्क्स ले रिलिजन लाई अफिम घोषणा गरेर रातभर जेनीका नितम्ब सग भौतिक द्धन्द्धमा व्यस्त थिए ।त्यो बिहान मार्क्स क्याफे पुगेकै थिएनन ।”सारा अफिम प्रेमी धार्मिक भए वाउ”क्याफेमा सुनिता एक्लै बोल्थीन ।
रोजर रातमा वाइनको ह्याङमा कराए “म पिउछु त्यसैले म दार्शनिक हु ।” सुनिताले अर्को”म व्यकी हु किनकी म अभिव्यक्त छु ! वाउ” भनि !
रोजर ले मानविय अभिव्यक्ति र कु?लत लाई एकै सतहमा राखेको मा मन्द मुस्कान छरे !
सुनिता लाई “संसारको हरेक मानिस प्रथम र अन्तीम आश्चर्य लाग्छ ।”
आज त उनी आफैमा आफ्नै निम्ति आश्चर्यजनक भएकी छ्न ।
त्यही क्याफैमा देकार्ट ले सामहिक सन्देहको आरम्भ गरेका थिए ।’सन्देश स्वयं संदेहको विषय हुन सक्दैन ।’ भनेर पत्ता लगाए र भनिदीए “म चिन्तन गर्दछु त्यसैले म हु ” साथै परमात्मा र भौतिक जगतको अस्तीत्व विमल र स्पष्ट चिन्तनको फल हो त्यसैले असंदिग्ध तथ्य हो । सारा अस्तीत्व दुई प्रकारको छ प्रकृती र पुरुष ।
सुनिता लाई “बेहुली र सुनिता “बिचमा आफू बेहुली नै भएको वा नभएको सन्देह सन्देहको विषय हैन भनेर बुझ्न समय लागेन ।
क्याफेमा लाईबनिज आए ,जार्ज बकले आए , डेविड ह्युम आए ,अरस्तु ,प्लेटो , सार्त्र ,विगेस्टाइन एक सय एक फिलोसोफर क्याफेमा थिए ।तर सुनिता को लागी कुनै दर्शन थिएन ! उनी बेहुली हुन वा हैनन जवाफ थिएन ।क्याफेमा उनको विषय कहिले पनी उठेन ।
क्याफेमा शापनहावर ले भने “संसारमा अन्ध संकल्पको शासन छ ।” नित्शे ले प्रतिवाद गरे “मानिसको लागी सर्वोच्च आकांक्षा ‘शक्ति को आकांक्षा’ हो ।योद्धा युद्धमा विश्वास गर्दछ र हरेक युद्ध साहस ले लडदछ । स्वाधिन पुरुषको निती दासको निती भन्दा फरक हुन्छ भनिदीए । सुनिताले अर्ध-स्वीकारोक्तीको भावमा “है” भनिन ।
क्याफे शान्त भयो ! कतै म काल्पनिक बेहुली त हैन ?
वा कतै म शक्ति को आकांक्षामा त छैन ?
वाउ ! म बेहुली छैन भने पनि हुन सक्छु ।
कुनै कथाको आदि र अन्त्य नभेटिने क्याफेमा हरेक पल सुनिता कथाको सार बनेकि थिइन ।
इमानुएल कांटले विशुद्ध बुद्धि -बुद्धिको खोज आभाषको दुनियामा सिमीत छ भनिदिए । हेगेल ले मौलिक सत्ता लाई ‘मन’ भन्दै थपे “जे जती विवेकात्मक छ त्यो सत्य छ जे सत्य छ त्यो विवेकात्मक छ ।” सुनिता ले जोडदार ताली पिटी ! उनलाई आफ्नो विवेक नै विवेकात्मक लाग्यो ।
मानिस लाई स्व-विवेक भन्दा उत्कृष्ट अरुको विवेक लाग्दैन ।
अझ मानवको सामुहिक विवेक विरलै विवेकात्मक हुन्छ ।
विकासको मौलिक तथ्य लाई हेगेल ले विरोध भने । जगतको हरेक स्थीतीमा त्यसको विरोध निहीत हुन्छ -विरोध प्रकट भए पछी दुवै स्थीतीमा समन्वय हुन्छ । क्याफेमा हरबर्टको प्राकृतिक विकासवाद आयो ।अनी विलीयम जेम्स सत्यका स्वरुपको विवेचना गरे ,जीवन व्यवहारमा जे सहायक सिद्ध छ त्यो सत्य हो जे बाधक छ त्यो असत्य -अनुरुपतावाद र अविरोधवाद !
सुनिता हरेक जगत जीवन र मानवीय दर्शन आफैमा खोज्दै थिएन ।
हैन सुनिता आफैमा प्रकृति , पुरुष , जीवन र जगत खोज्दै थिइन ।
क्याफेमा अचानक हल्ला सुनियो – वाल्टर बेन्जामिन ले सुसाइड गरे !दि फिलोसोफीकल बेहुली क्याफे अचानक मौन भयो ।सुफी दार्शनिक रुमीले मौनता ईश्वरको भाषा हो भनिदीए । नित्शे लाई अस्वीकार्य भयो “मृत ईश्वरको भाषा मृत बाईबलिकल हिब्रु हो ।”भनिदीए ।
युजि कृष्णमुर्ती ले शरीरको कुनै मृत्यु छैन भने । रजनिश ओशो ले सुसाइड मानविय स्वतन्त्रता हो भने ।सुनिता “जे पनि ” भनेर मौन रहि ।
क्याफेमा लाईबनिज आए ,जार्ज बकले आए , डेविड ह्युम आए ,अरस्तु ,प्लेटो , सार्त्र ,विगेस्टाइन एक सय एक फिलोसोफर क्याफेमा थिए ।तर सुनिता को लागी कुनै दर्शन थिएन ! उनी बेहुली हुन वा हैनन जवाफ थिएन ।क्याफेमा उनको विषय कहिले पनी उठेन ।
क्याफेमा शापनहावर ले भने “संसारमा अन्ध संकल्पको शासन छ ।” नित्शे ले प्रतिवाद गरे “मानिसको लागी सर्वोच्च आकांक्षा ‘शक्ति को आकांक्षा’ हो ।योद्धा युद्धमा विश्वास गर्दछ र हरेक युद्ध साहस ले लडदछ । स्वाधिन पुरुषको निती दासको निती भन्दा फरक हुन्छ भनिदीए । सुनिताले अर्ध-स्वीकारोक्तीको भावमा “है” भनिन ।
क्याफे शान्त भयो ! कतै म काल्पनिक बेहुली त हैन ?
वा कतै म शक्ति को आकांक्षामा त छैन ?
वाउ ! म बेहुली छैन भने पनि हुन सक्छु ।
कुनै कथाको आदि र अन्त्य नभेटने क्याफेमा हरेक पल कथाका सार बनेका थिए ।
इमानुएल कांटले विशुद्ध बुद्धि -बुद्धिको खोज आभाषको दुनियामा सिमीत छ भनिदिए । हेगेल ले मौलिक सत्ता लाई ‘मन’ भन्दै थपे “जे जती विवेकात्मक छ त्यो सत्य छ जे सत्य छ त्यो विवेकात्मक छ ।” सुनिता ले जोडदार ताली पिटी ! उनलाई आफ्नो विवेक नै विवेकात्मक लाग्यो ।
विकासको मौलिक तथ्य लाई हेगेल ले विरोध भने । जगतको हरेक स्थीतीमा त्यसको विरोध निहीत हुन्छ -विरोध प्रकट भए पछी दुवै स्थीतीमा समन्वय हुन्छ । क्याफेमा हरबर्टको प्राकृतिक विकासवाद आयो ।अनी विलीयम जेम्स सत्यका स्वरुपको विवेचना गरे ,जीवन व्यवहारमा जे सहायक सिद्ध छ त्यो सत्य हो जे बाधक छ त्यो असत्य -अनुरुपतावाद र अविरोधवाद !
सुनिता हरेक जगत जीवन र मानवीय दर्शन आफैमा खोज्दै थिएन ।
हैन सुनिता आफैमा प्रकृति , पुरुष , जीवन र जगत खोज्दै थिइन ।
क्याफेमा अचानक हल्ला सुनियो – वाल्टर बेन्जामिन ले सुसाइड गरे !दि फिलोसोफीकल बेहुली क्याफे अचानक मौन भयो ।सुफी दार्शनिक रुमीले मौनता ईश्वरको भाषा हो भनिदीए । नित्शे लाई अस्वीकार्य भयो “मृत ईश्वरको भाषा मृत बाईबलिकल हिब्रु हो ।”भनिदीए ।
युजि कृष्णमुर्ती ले शरीरको कुनै मृत्यु छैन भने । रजनिश ओशो ले सुसाइड मानविय स्वतन्त्रता हो भने ।सुनिता “जे पनि ” भनेर मौन रहि ।
प्लेटोले शरीर लाई आत्माको बन्दीगृह भने । सुनिता ले प्रश्न गरिन के वाल्टर अब स्वतन्त्र भए ?
आफै लाई हेरिन के यति सुन्दर शरीर बन्दीगृह हुन सक्छ ? सिद्धार्थ बुद्ध
ले शरिर अमुल्य छ जागरण को सवारी र धर्मको धारक भनिदिए ।
सुनिता भरखरै बेहुली भुमिकामा जागेकी थिइन ! बेहुली भरखरै सुनिता भुमिकामा सपना देख्दै थिइन ।
फिलोशोफिकल बेहुली क्याफे थियो त्यसैले सुनिता थिइन !
अभिसुवेदी ले यसै लाई वधु क्याफे भन्थे र पाश्चात्य दर्शन माथी चिन्तन गरिरहन्थे !
खगेन्द्र संग्रौला यहि क्याफेमा गालिपुराण सुनाउथे ।
धारावासीका गेस्टापो यहि लेखिन्थे ! हो यहि क्याफे हो जाहा देवकोटा को कविता सुन्दै डायमन शमशेर उपन्यास लेख्छ्न ! हो यहि वधु क्याफे जाहा नारायण गोपाल र तारादेवी को जुहारी चल्छ । यहि क्याफेमा श्रवण मुकारुङ ले बिसे नगर्ची नगर्चिको बयान सुनाए । सुनिता चिच्याउन पुगिन “म बौलाए ” “वाउ ।”
गान्धी ले सुनिता लाई “म मेरो मगजमा कसैका फोहोरी खुट्टा लाई हिडन दीने छैन ।” भनेर सिकाएका थिए ।क्याफेको भित्तामा राल्फ वाल्डो ले “हामी अरुको हुनु भन्दा अगाडी अनिवार्य आफ्नो हुनै पर्दछ ।”भनेर लेखिदीएका थिए । क्याफेको ढोकामा कन्फ्युसियस “हाम्रो गरीमा कहिले पनी नझर्नुमा छैन तर झर्दै पिच्छे गिरदै पिच्छे उठनुमा छ भनेर ” भनिरहन्थे । क्याफेको एउटा कुनामा ओस्कार वाइल्ड “जीवन्त रहनु दुनियाको दुर्लभ कुरा हो ।प्राय सबै मानिस अस्तीत्वमा मात्र आउछन ।” भनेर लेखिरहन्थे !
क्याफेमा रुप चन्द्र विष्ट आए -सुनिता लाई “बेहुली” हौ भन्ने “थाहा पाउ” भने सुनिता प्रयोगमा लागिन !अनन्त विवाह गर्ने घोषणा गरीन ! उनलाई बेहुली हु भनेर थाहा पाउनु छ । सुनिता को “बेहुली” सपना लाई सरुभक्त ले मानवतावादी अहम भनिदीए !, शंकर लामिछाने ले प्याज चिन्तन गर्दै सुनिता वधु मात्र हैनन सुनिताको वधु भित्र वर छ भनिदीए । सुनिताले जवाफ मा “जे पनी भनिन ।”
बेहुली क्याफेमा यथार्थवादी आए ,आदर्शवादी आए ,पलायनवादी गए !आशावादी भेटीए निराशावादी साटिए ! अनेकान्तवाद विकसित भयो । ईश्वरवादी देखिए , मार्क्सवादी लेखिए ! सुनिताको वधुवादी दर्शन दृश्यमा आएन !बेहुली क्याफे खोजमा छ ।
सुनिता ले “बेहुलीवाद “को घोषणा गरीन ! “विवाह एउटा औपचारिक प्रक्रिया मात्र हो । हरेक नारी कुनै न कुनै रुपमा बेहुली झै सुन्दर सुकुमारी रहन चाहान्छ्न र रहन्छ्न पनि ! एक बेहुली एकदिन मात्र बेहुली हुदिन । ”
यसका आधार व्याख्या गर्दै योनिवाद अगाडि सारिन “पुरै सृष्टि एक योनि भित्र । हरेक जिवित प्राणी यसैमा निर्भर छ्न ।जसरी पाठेघर भित्र एक जीवन बाच्दछ त्यसरी नै सारा जीव एउटै पाठेघर भित्र छ्न । ”
क्याफेमा ब्रह्माण्ड को शरीर को खोजी सुरु भयो । मानौ सुनिता “ईश्वर को अस्तित्व खोज्दै गरेकी ऐन्सैलम थिइन ।
स्टेफिन हाकिङको स्वपनिल “थिओरि अफ एभरिथिङ” सुनिता ले पत्ता लगाइन त्यो योनि नै थियो । जसरी प्राय पुरुष को दिमागमा योनि सुनिता ले देखेकी थिइन ।
जसरी योनि बाटै स्टेफिन जन्मेका थिए ।
योनि समयातित छ त्यसैले बेहुलीवाद समयातित छ !
क्याफे समयातित छ !
फिलोसोफिकल क्याफे समायातित विवादित छ यसका कथा जस्तै !
दिन ढल्यो ! चुवाङ अर्को सपना देख्ने तयारीमा लागे , सुनिता लाई अधिक बेहुली हुनु थियो । बेहुली लाई पथिक सुनिता हुनु थियो ।
आजको लागि “दि फिलोसोफिकल बेहुली क्याफे “बन्द हुन लाग्यो। मृत्युशैय्या बाट भोल्टायर ले पादरी लाई “यो दुश्मनी गर्ने समय हैन ” भनिदिए । स्टोइइक ले “अशरिर वस्तुको अस्तित्व हुदैन ” भन्दै थिए सुनिता ले शरीर नित्य छैन म नित्य बेहुली हु भनिन ।सुकरात ले अपरीक्षित जीवन बाच्न लायक हुदैन भनिदिए । सुनिता परीक्षा दिन लागि परिन । कयाफे को मुल ढोका बन्द भयो ।
-२०७३-१-१९
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )