~मनोज काफ्ले ‘मनसुन’~
आँशुका धाराहरुले केरिएको भाग्य मेरो
अलकत्रभै सडकमा रेलिएको भाग्य मेरो
बनजंगल ढुंगामुनि खोलानदि डुंगामुनि
बालुवाको कणसंग लेखिएको भाग्य मेरो
गरिबका घरभित्र डाँडापाखा पहाडभित्र
औशिको अँधेरोमा देखिएको भाग्य मेरो
चोटमा दुखिरह्यो मरुभूमिमा सुकिरह्यो
समुन्द्रका छालमा छेकिएको भाग्य मेरो
मनसुनमा लुटिएर बनजंगलमा ठुटिएर
झरिवर्षा बाढीपैरो खेपिएको भाग्य मेरो
रचना १५ पौष २०६८
कुवैत
(स्रोत : syanghasahitaya.wordpress.com)