~शिरिष लामिछाने~
स्थिर छ समय
कालो यो रातमा
दुई शब्द म कोर्दै छु
कलम समाइ हातमा
सोध्दै छु आफुलाई
छ के मा रमाइलो?
निस्पट्ट अन्धकारको शुन्यता
या मधुर बिहानीको सुनौलो?
ज्ञानको ज्योति बाल्न सके
उज्यालो हुन्थ्यो रात पनि
यो चेतना विना त खै ?
कालै रहन्छ मिर्मिरे पनि
सापेक्ष्यतावादको सिद्धान्त
बुझाएथे आइन्स्टाइनले
दिन र रातको नियमितता
सम्झएकै छ प्रकृतिले
यही नियम बुझ्न सायद
जीवन अर्पिदिये साधु-सन्तले
“आफ्नो कर्तव्य नबिर्स है नानीहो”
अझै भन्दै छन् बुढा-पाकाले
जीवनको रितमा घोत्लिने
मन त अझै थियो
तर,निद्राले आक्रमण गर्दै छ
अब आँखा चिम्लिनु नै वेश भयो।
आँखा चिम्लिनु नै वेश भयो।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)