~बिष्णु नन्द चाम्लिंग~
मुटु बस्ने छाती मेरो उधारी दियौ किन
सजाएर राखेको थेँ बिगारी दियौ किन
तिमीलाई मुटु भरिभरिको माया दिएँ
आखिरिमा दिनु सम्म दिग्दारी दियौ किन
बिरहको ज्वाला उठ्दा आँसुले निभाउँथेँ
दिनरात रुवाई आँसु निखारी दियौ किन
मेरो गल्ति केभो भनी सोधे’थेँ तिमीलाई
बजार बीच मलाई हकारी दियौ किन
९ अप्रील २०१०
इन्द्रेणिपोखरि ३ खोटांग
हाल – हंग कंग
(स्रोत : कविता कुसुम)