~रोबिन मानन्धर~
बिहान सबेरै उठ्ने बित्तिकै मैले मेरो प्यारो मित्रलाई खोजें । कोठा बाहिरको बार्दलीमा आएर हेरें, तर उनलाई देख्न सकिन । एकछिन त न्यास्रो लाग्यो किनकी मैले आज बिहानै उठेर मेरो प्यारो मित्रलाई हेर्न पाईन, उनले मलाई कति धेरै न्यानोपन दिन्थ्यो, जुन आज मैले पाइन । मेरा यी दुई नयनले उनलाई हेर्न तड्पिरहेछन् । मेरा नयनहरु विवश छन् उनलाई हेर्न नपाएर । सायद, आज बिहानदेखि नै सिमसिम झरी परिरहेकोले हो कि ? मौसम पनि अलि चिसो–चिसो छ । मेरो मित्रलाई ती मेरा दुश्मनहरुले छेकिरहेछ, मबाट मेरो मित्रलाई टाढा पारिरहेछ । तर, म उनकै यादमा छु, अलि अलि आशा पनि छ कि ऊ मसँग भेट्न आउँछ भनी । सधैं जसो, आज पनि यो नयाँ दिनको शुरुवातमा म उनलाई स्वागत गर्न बसिरहेको छु ।
यत्तिकैमा स्मृमि म भएतिर आईन् र भनिन्,“उठिसक्नु भएछ त, मलाई किन आवाज नदिनु भएको ? म कफी लिएर आउँथे नि ।”
“अँ… भर्खर त उठेको । एकछिनमा बोलाउछु भनेर यसो बार्दलीतिर आएको” मैले भनें ।
“तपाईलाई पनि आफ्नो साथीलाई नभेटी नहुने हगि ?” उनले मुस्कुराउँदै सोधिन् । अनि मैले भनें,“ऊ सबैलाई प्यारो छ नि, हैन र ?”
उनले भनिन्,“ल ल एकछिन बस्दै गर्नु म कफी लिएर आउँछु ल ।”
मैले भनें,“ल ल छिटो ल्याऊ ।”
एकछिनको पखाईपछि उनले मेरो हातमा तातो–तातो कफी समाउन दिइन् । म त्यही कफीको चुस्की लि“दै, चिसो मौसमलाई न्यानो बनाईरहेको छु ।
झ्य्राम्म…….। (एक्कासी मेरो कानमा गुञ्जियो)
के को आवाज होला भनेर म आत्तिए । तर, अरु केही नभएर म आफै पो लडेको रहेछु, त्यो खेतको डीलमा….।
साधारणतया, खेतमा जाने खेतालाको जस्तै हुलिया, हात्तिछाप चप्पल लगाएको पाइला अनि हातमा एउटा थरमस थियो । पानी एकदमै ठूलो पर्न थालिसकेको थियो । खेतमा धान रोप्नेहरु धेरै थिए, म उनीहरुको लागि भनेर खेतमा चिया पु¥याउन गएको थिए“ । सबैले चियापान गरिसकेपछि केहीबेरमा एक्कासी पानी पर्न थाल्यो । असार–साउनको झरी कतिखेर पर्छ भन्न सकिन्न । पानी पर्नासाथ म दौडेर घरतिर फर्किएँ किनकी म सँग न त छाता थियो, न त घुम । पानी परेर बाटो एकदम चिप्लो थियो । तर, के गर्नु आत्तिएको बेलामा दिमागले काम गर्दैन भनेजस्तै मैले बाटोको वास्ता नै नगरी म दौडिए । अलि तल के आईपुगेको थिए, म नमज्जास“ग भु“इमा बजारिएँ, अनि आयो आवाज झ्य्राम्म…. (थरमस फुटेको) । त्यसबेला मलाई त थाहा पनि थिएन कि थरमस भित्र सिसा नै सिसा हुन्छ भनेर, अनि घर आएपछि आमाले थरमस फुटेको छ भनी थाहा पाउनुभयो र मैले एकदमै धेरै गाली खाए“ ।
हो, यही पल.., मलाई याद आउ“छ, जब म झरी परेको देख्दछु ।
एकपटक आफैलाई सम्झेर त्यो पललाई हा“सोमा उदाए । आफैले आफ्नो खिल्ली उडाए । फेरी एकपटक मिठो मानेर कफीको एक चुस्की लिए“… “वाह ∕ चिसो मौसममा तातो कफी, शरीर नै क्या न्यानो भएर आयो ।”
म आफै त्यो मौसमसँग विलिन हुन खोज्दैछु । त्यो झरीको पानीको स्पर्श लिन चाहन्छु । त्यो झरीसँगै म पनि नाच्न चाहन्छु तर, के गर्नु म सक्दिन मात्र हेर्न सक्छु, इच्छा गर्न सक्छु । झरी परेको आवाजमा म मस्त थिएँ, ठीक त्यही समयमा मेरो मनमा एउटा गीत गुञ्जियो……..
“ए झरी नझरी देऊ यसरी
एकान्त यो रातमा मलाई पागल गरी
झरी देऊ तिमी सुस्तरी सुस्तरी
जब हुन्छिन् मेरी मायालु मेरो वरिपरि……”
एकैस्वरमा यो गीत गाउ“दै, पानीमा रुझ्दै, हामी फर्किंदै थियौं, नगरकोटबाट । सायद, दुवैलाई झरी भनेपछि अरु केही नचाहिने भएर होला, दुवै जना पानीमा रुझ्दा अरु कुनै पनि कुराको हामीलाई वास्ता नै थिएन । झरीको पानीसँग हामी नाच्दै, उफ्रन्दै, गीत गाउँदै आउँदै थियौं । हामी दुवै निथु्रक्क भिजिसकेका थियौं । यसरी भिज्दै भिज्दै म उनलाई घरसम्म पु¥याउन गएँ । घर पुगेर उनकी आमाले गाली गरें दुवैलाई । अनि त्यहाँबाट एककप चिया पिएर, उनकै छाता लिएर म आफ्नो घर फर्किएँ । तर, बेइमानी मौसम थियो त्यो । जब हामी झरीसँग नाच्यौं, गायौं, उफ्र्यौं, त्यसबेला त केही भएन तर भोलिपल्ट दुवैजना बिरामी भयौं…। उनलाई त मात्र रुघा लाग्यो तर मलाई त ज्वरो नै आयो…, १०२ डिग्री । हा…हा…हा…. कस्तो मौसम….।
हा“सोको खित्का छोड्दै म कफीको चुस्कीमा बिहानीको समय कटाउ“दैछु…। आजको यो दिन सायद, म फेरी पनि कहिल्यै बिर्सन्न होला…भन्दै मनोवादको सृजना गर्दै म कफीको चुस्कीले जाडोको मौसमलाई न्यानो बनाउ“दैछु…। म झरीको पानीमा आफुलाई विलिन बनाउँदैछु…।
उनी मेरो अघि आएर भनिन्,“जाउ“ न, पानीमा रुझ्न, कस्तो मज्जा आउ“छ..।”
मैले उनलाई भने,“अस्ति भर्खर भिजेर ज्वरो आएको याद छ मलाई म त जान्न, म ज्यान गएपनि रुझ्न जान्न ।”
मैले उनको कुरालाई अस्विकार गरें । हामी बीच केहीबेर झगडा नै भयो र पनि मैले पानीमा रुझ्न मानिन..। त्यसपछि उनले भनिन्,“ठीकै छ, म चाही“ गए“ रुझ्न, तिमीलाई पनि म भिजाएर नै छाड्छु..।”, “भो भो फुर्ति नगर, म रुझ्नेवालामा छैन” मैले भनें । त्यसपछि उनी पानीमा रुझ्न भनी दौडेर गईन्, उनी केहीपर पुगेपछि एक्कासी लडिन्, तर उनी उठिनन् । म आत्तिए, दौडेर उनको सामु गएर उनलाई बोलाए“, तरपनि उनी उठिनन्, उनले आफ्नो आँखा समेत खोलिनन्,……………..।
मेरो लगातारको बोलावटपछि उनले आ“खा खोलिन् र हासिन् । मैले उनलाई सोधेँ, “किन हाँसेको ?, के भयो ?” उनी लगातार हासिरहिन् । मैले फेरी पनि त्यही प्रश्न दोहो¥याएँ । अनि उनले भनिन्,“देख्यौ त मैले तिमीलाई रुझाएर छाडी कि छाडिन ?, मैले भनेको थिएँ, मस“ग च्यालेन्ज नगर ।”
हा…हा…हा…. कस्तो अचम्म ?????
मात्र, मलाई रुझाउनको लागि कति ठूलो नाटक रचिन् उनले……।
फेरी पनि हाँस्दै–हा“स्दै कफीको चुस्की तान्दै अतीतका पललाई सम्झिरहेछु । मौसम एकदम राम्रो हु“दैछ तर, मेरो अभागी कर्म भनौं या याद धेरै गरियो भनौं, कपमा कफी एक थोपा पनि बा“की रहेनछ…। अतीतको पलसँग हराउँदा हराउँदै मेरो कपको कफी थाहै नभएर पनि सकिएछ ।
त्यसपछि म भित्र कोठामा गएँ र मैले हातमा भएको कफीको कपलाई टेबलमा राखें र त्यहीनेर भएको कुर्सीमा बसेको मात्र थिए“m त्यत्तिकैमा प्रतिमा र महिमा दौडेर आए….। उनीहरु स्वा“स्वा“ गर्दै मतिर दौडेर आए… अनि दुवैले मेरो हात समातेर एकैस्वरमा भनें,“हजुरबुबा हजुरबुबा आजको मौसम कत्ति राम्रो छ हगि ?”
(मिति २०६८ साउन ४ गते बुधबार काभ्रे जिल्लाबाट प्रकाशित ‘सुनकोशी साप्ताहिक” पत्रिकामा प्रकाशित ।)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)