~आर. आर. चौलागाईं~
उसले उनलाई एक्लै भएको मौका पारेर आफ्नो आसय बतायो । उसको अनुकूलको जवाफ नआएपछि हातपात गर्न खोज्यो । सफल भएन र फर्क्यो ।
ऊ अचेल भनेर हिँड्दै छ- “त्यो आइमाईको चरित्र ठीक छैन ।”
(‘कौशिकी’ व्दैमासिक-स्वर्णाङ्क ५०, प्रतिनिधि नेपाली सूत्रकथा विशेषाङ्कबाट)
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)