~भवानी मिश्र~
बेलुका ३ बजे घोपा अस्पताल धरानबाट बहिनीलाई डिस्चार्ज गराइए पछी भवानी मिश्र आफ्नो घर इलाम साङरुम्बा-३ तिर फर्किने तयारी गर्छन। साँझ परिसकेको थियो, घर पुग्नु पर्ने जरुरी थियो-उनलाई। किनकि उनको आई.ए. दोस्रो बर्षको परीक्षा नजिकिंदै थियो। एक हप्ता अघि देखि बहिनी कमलालाई उपचारका क्रममा धरान पुर्याए पछी एउटा सानो चकटीलाई आफ्नो ओछ्यान मानेर बिरामी कुरुवा हुनु परेको थियो। ति दिनबाट मुक्ति त्यो ३ बजे दिउँसोको समयबाट भएको थियो। धरानबाट गाडी चढी सकेपछी आफ्नी बिरामी बहिनी कमलाले वमिटिंग गर्दै गर्दा पनि सम्हाल्दै घर पुर्याउनु पर्ने थियो। होटलमा बसुँ भने बिरामी बहिनीको त्यो हालतले आफैं थकित भै सकेका थिए उनि। फेरी धरानको बसाइले गर्दा पैसा पनि कम्ति नै थियो। झापाको सुरुंगा आई नपुग्दै रात झमक्क परीसकेको थियो। इलामको साङरुम्बा पुग्न थियो। सुरुंगा बजार देखि अलि तल सानी-आमाको घरमा बास बस्ने सोचे उनले। बहिनीको होस्-हवास थिएन। उता आफ्नै पनि अब के गर्ने? भन्ने सोच गुमी सकेको थियो। कन्डक्टरलाई सुरुंगामा उत्रिन्छौं भन्न सम्म भुले उनले। केहि पर पुगे…
पछी यहीं रोकिदिनुस, यहीं उत्रिन्छौँ, भने पछी ड्राइभरले गाडी रोके अनि आफ्नी अलास-तलास भएकी बहिनीलाई बोकेर उतारे। अब बहिनीलाई कसरी सानी-आमाका घर सम्म लाने भनेर सोचिरहेका थिए। आफु संग भएको त्यहि चकटी ओछ्याएर बाटोको छेउमा बस्नु सिवाय उनले केहि गर्न असमर्थ थिए। न उनि संग मोबाईल नै थियो। एकातिर बिरामी बहिनी अर्का तिर झोली-झ्याम्टा, बहिनीको त्यो अवस्था र रुवाईले आफैं भित्रै देखि रोइरहेका थिए। धेरै रोए, भगवानले किन यति सास्ती दिएका होलान? बस यस्तै मात्र सोचीरहेका थिए।
रातको ८:४० बजीसकेको थियो। अँध्यारोले झमक्क छोपी सकेको थियो। मान्छेको आवत-जावत कमै देखिन्थे। एक रफ्तारमा गाडी चली रहन्थे, पुर्व अनि पश्चिम। यस्तै क्रममा पूर्वबाट टिरिंग… टिरिंग साइकलको घन्टीको आवाज आए पछी मलाई यी मान्छेले सानी-आमाका घर सम्म मेरी बहिनीलाई लान सहयोग गरे पनि हुन्थ्यो, भन्ने सोचीरहेका थिए। नभन्दै “दाजु कहाँ जाने?”- त्यो साइकलमा आउंदै गरेको त्यो सानो केटोले सोधे पछी हतार-हतार ” भाई! उ ह्याँ तल सानी-आमाका घर सम्म जानु पर्ने थियो। मेरा यी समान लगी दिन सक्छौ?”- भनेर सोधे। ति भाइले ” भै हाल्छ नि दाजु, यति सहयोग त गर्न सक्छु” भने। भवानी अलि अगाडी सम्म एउटा चकटीमा बसेर थाप्लोमा हात राखेर रोइरहेका थिए, एकै छिन पछी ति भाईका बचनले भगवानले आफ्नो दु:ख सम्झेर दुत पठाई दिए झैँ लाग्यो। “भाई यी समान यसो तिम्रो साइकलमा झुन्ड्याई देउ ल! म बहिनीलाई बोक्छु।” बचन झर्न नपाउंदै “बहिनीलाई चाहीं साइकलमा राखौं न हुन्न?” भने। यति ठुलो सहयोग पाएको देखेर भवानी धेरै खुसी भए। सानी-आमाका घर अगाडी पुगे। भवानीले नाम सोधे- उनले “धरेन्द्र माझी हो दाई मेरो नाम, यसो कलमको मसी सिद्दिएर सुरुंगा बजार तिर मसी लिन हिडेको धर्म गर्न पाएँ खुसी लाग्यो” भने। भवानीले गोजीबाट ५० रुपैयाँ हातमा थमाउदै “भाई धेरै-धेरै धन्यबाद!” भने तर धरेन्द्रले पैसा लिन मानेनन्. “दाजु! म सहयोग बेच्दिन- बरु तपाईलाई एउटा कुरा भन्छु, यदि तपाईले पनि यसरी नै कोहि अप्ठ्यारोमा परेको भेट्नु भयो भने सहयोग गर्नु, बाटो काटेर नहिड्नु। तपाईलाई भगवानले परेको ठाउँमा सहयोग गर्नु हुनेछ। दाजु! म लागें बाई……… ” भन्दै साइकल टिपेर अँध्यारोमा गायब भए…।
(यो कथा सत्य-घटना हो, भवानी मिश्र ज्यु को यो कथा पढी सकेपछी प्रतिक्रिया दिनु होला।)
(स्रोत : Krishnapyasi)