कविता : आशय

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

भुलेर पिडा दिन आए∕ साथ ।
तिमी मेरै हौ लौ लेऊ हात ।
नौलाख तारा गगनमा रात ।
उज्यालो छर्ने अरुको साथ ।

अरुको साथले लागेको मात ।
चमक्क चम्कने मिmल्काकोेसाथ ।
प्रबेश कठिन आयौ बाहिर ।
खुट्टा नटेकेको पाईनौ चाल ।

म त छु अमmै धरतिमा लीन ।
जिउनु छ अमmै धुर्त संसारमा ।
राम्रो नराम्रो तिमी आफैं हेर ।
कस्तो रहेछ बानी स्वभाब ।

समर्पण सधै निष्ठाको साथ ।
तिमी मेरै हो भन्दै मा∕गें गाथ ।
छैनन् कोहि अरु, खाए∕ कसम ।
दैवले गरुन मलाई भसम ।

कोईलीको समान तिम्रो स्वर ।
त्यसैले गरायोे मलाइ मोहीत ।
रम्ने आसमा कोईलीको साथ ।
होलान् धेरै फिरáी जमात ।

आफुले आफ्नै तारिफ गरेर ।
परिक्रमा गर्दै ईश ठानेर ।
धुपदिप नैबेद्य अर्पण गरेर ।
बा∕च्न कठिन छ तिमीबेगर ।

युद्धले बिक्षिप्त मनमस्तिष्क ।
गोला वारुद आउ∕छ भनेर ।
लुक्दथें कहिले मmम्स्यानमा गै ।
बिताउ∕mनु पथ्र्याे डालीमा रात ।

चरप्प चरप्प पाउको आवाज ।
दुश्मनका फौज आउ∕थे रात ।
उनका दृष्टिमा सबै सामन्ति ।
निमेक गर्नेलाई दिने सास्ति ।

लुक्दै र छिप्दै हिड्थे जमात ।
जित्ने हार्नेको हुने भेटघाट ।
लडाएका ठुलाले साध्न स्वार्थ ।
बुमmेका तिनले मिलाउ∕थे हात ।

सम्पत्तिले पाईने किन्न न्याय ।
खत माफ पाउने सामन्तिले ।
अर्काको हरेर आफ्नो बनाउने ।
गरिबले कहिल्यै न्याय नपाउने ।
१०
लिने के के चिज दिने कसले ।
पाएर सञ्चय गर्ने कसले ।
अन्यौलै अन्यौलमा युद्ध छेडियो ।
धर्तिपुत्रको शीर गिड चुडियो ।
११

कसरी आज रम्यो मेरो मन ।
धेरै पछि चेतना घनीभूत ।
ढ∕ुगासरी मेरो दिल भएको ।
केले बनायो यो मन हरक्क ।
१२
बाच्ने इच्छा अब जागृत भयो ।
मेरो देश मलाई प्यारो लाग्यो ।
माताले पाएर कष्ट हण्डर ।
हुर्काईन कफ बिष्टा खाएर ।
१३

तिरौं ऋण हामी दुई मिलेर ।
माता हुन धर्ति हामै्र भनेर ।
के गर्लान् अरुले हामी नसोचौं ।
मानव रगत अब नबगाऊ∕ ।
१४
छुट्टै संसार रच्ने मेरो मन ।
कोलाहलमा बस्न हुदैन अब ।
हातमा हात राखि वाचा गरौं ।
मुटुमुटु जोडी देश सेवा गरौं ।
१५
मानब सभ्यता बिध्वंश गरी ।
कसको सभ्यता स्थापित गर्ने ।
के , जात र वर्ण सबै समान ।
बिभेद राज्यले गर्न हुदैन ।
१६
बिफल नेतृत्वले दंभ गर्ने ।
आफैलाई म, सर्बमान्य भन्ने ।
ओइलियो बैलियो त्यो तामश ।
खसेकै हो शीरबाट मुकुट ।
१७
प्रतिक्षामा तिम्रो आगमनको ।
गुथ्न माला असरल्ल फूलको ।
असरल्ल तिम्रो मेरो जिवन ।
असरल्ल देशको हामी जवान ।
१८
गौंथलीले पनि गु∕ड बनायो ।
जागेछ ईच्छा गृहस्थ जिवन ।
ललाइ फकाई गु∕डमा ल्यायो ।
घुर्रर्र गर्दै संगिनी बतायो ।
१९
पक्षीले पनि ग¥यो घरजम ।
मान्छले घर उजाड बनायो ।
चल्दैन अब त मान्छेको घर ।
त्याग्नै पर्छ हिंसा जडशुत्रवाद ।
२०
हामी पनि त पृथक रहेनौं ।
समाजकै हौं अभिन्न अंá ।
अंकुरीत आकांक्षा बन्ने दुई ।
देखिन काविल तिमी समान ।
२१
नमूना बनि गरौं घरजम ।
रचांै न हामी सुनौंलो समाज ।
स्वर्गै समानको नया∕ संसार ।
मानव बस्ने ढुक्क भएर ।
२२
छाडेर हामी युद्धको संसार ।
जोडेर खुसि नया∕ घरवार ।
गुमेका तिम्रा मेरा आफन्त ।
ताजै रहने घटना बृत्तान्त ।
२३
मस्तिष्कबाट ति सबै मेटेर ।
अब त घटना नहोस् भनेर ।
सुन्दर शान्त समाज सिर्जना ।
राखेर आशय गरें बिश्राम ।
२४

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.