~पुरुशोत्तम बाबु~
मलाई मेरो दिलभित्र तारा
उगाइदिने बनी हेर तारा
माटो टिपी त्यो सिरमाथी लाई
चन्द्रै सरी चादनी छप्प पाइ
लेपेर सिउदो कलाको बनायौ
कल्पन्तसम्मै पनि गुन पायौ
कस्तो राम्रो चम्किने चन्द्र तारा
मुहार नै बन्दछ ज्योति सारा
पहाड माथि तिमी खेली आयौ
हुस्सु सँगै सैरन गान गायौ
के भन्दथे ति झर्ना खोला पहरा ?
सुन्सान बग्ने नदी का ति धारा ?
देखेर कस्तो तहमा झुरुम्मै
त्यो कल्प लाग्ने अती बेग सम्मै
हेराइ ज्योति सरि बग्ने बेग
त्यो हृदय हो फुलको पराग
ति इन्द्रिणी ले पनि चाँद मार्छिन
आँखा बलियो बनाइ सपार्छिन
हुने छ यो कल्पना को दियालो
बसेछ तिम्रो अती मग्नताको
मुटु तहमै पनि एकाताको
देखिन्छ त्यो बिम्ब पनि सुहाको
काँकाँ र कुँकुँ अती स्वर सारा
हुने भए जिबन सक्ती सारा
मिलान यो आशुको पन्थ होइन
छोरी तिमी खल्बल भेल बन्न
सक्छेउ बरु आटन धर्यसाली
तिम्रो सबै आनन त्यो उचाली
दनदन बनी दन्किने अग्नी दम्भ
तिम्रा बने ति स्वरका ति रङ्ग
नुहाइदिने सब का ति अङ्ग
छोरी बनि देखाउ नौला तरङ्ग
०००००
Purushottam Babu
USA
August 29th, 2009
(स्रोत : Mysansar.com)