कविता : अनुरोध

~अभागी मिनम घायल असफल~Abhagi Minam Ghayal Asafal

अब नरोक है म हिंड्ने बाटो
दु:खलाई साथी बनाइ सकेछु
नखोज है तिमी मलाई
म तिमी भन्दा धेरै टाढा गई सकेछु
न भेट्नु है तिमी म सँग
म त क्षितिज पारीको बादल सँग साईनो गासिसकेछु
न बोल्नु है तिमी म सँग
पिडा र ब्यथाको भाषा सिकिसकेछु
न आउ फेरी मेरो संसारमा
म आफ्नै संसारमा रमाउने प्रयास गर्दैछु

अभागी मिनम घायल असफल
बिष्णुपुर कट्टी-३ सिरहा नेपाल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.