निबन्ध : नारी देह – बजारवाद र व्यापारीकरण

~सुरज दाहाल~Suraj Dahal

के नारी सौर्न्दय प्रतियोगिताको विषय हो ? दुई नारी लाइ तराजुमा दुवैतर्फ हालेर को ज्यादा सुन्दरी भनेर जोख्न मिल्छ ? यो मिस नेपाल कुनै सुन्दरी र प्रतिभा छनोट गर्ने प्रतियोगिता हैन । यो बजारवाद-उपभोक्तावादमा नारी को प्रयोग गर्ने अस्त्र मात्र हो । नारीको देह लाइ बजारवाद पुजिवाद र विज्ञापनवादको अस्त्र बनाउदै आएको मोडलिङ र यसमा गर्व गर्ने नारी ले नारीत्व नारी सशक्तीकरण र समानताका कुरा गर्नु व्यर्थ छ । नारी सशक्तीकरण र नारी निर्वस्त्रीकरणमा फरक छ ।

झमक कुमारी घिमीरे मेरा नजरमा हरेक मिस नेपाल भन्दा सुन्दर हुनुहुन्छ ।एक थान कमुक शरिर लाइ “मिस नेपाल ” भनेर नेपाल जस्तो महाकाव्य महामन्त्र अनि महशब्दको अपमान नगरियोस ।

नारी सशक्तीकरणको नाममा नारी निर्वस्त्रीकरण गरीदैछ । नारी स्वतन्त्रताको नाममा ‘नारी नजरबन्द’ गरीदैछ । हामी एउटा यस्तो आधुनिकीकरणको यात्रामा छौ जसले हामीलाइ वस्त्ररहित पाषाण युगमा पुराउदैछ । यो जगतमा ‘अर्थव्यवस्था’ सबै भन्दा महत्वपुर्ण कुरा हो । अर्थव्यवस्थामा बजार यसै पनी शक्तीशाली छदैछ ।

वर्तमान बजारीकरणको पुरै रुप हेर्दा उत्पादन र त्यसको बजारीकरणको बिचमा आउछ ‘विज्ञापन’ ! उत्पादनलाइ लाइ उपभोक्ता माझ परीचीत गराउने पनी ‘विज्ञापन’नै हो । विज्ञापनको महिमा अपार छ विज्ञापनले वास्तविक कैलाश हिमाल सगरमाथा बनेको छ । कैलाश भारतमा सरेको छ ।यो जगतमा मायावी विज्ञापनले नुन लाइ पनी सुन देखाउन सक्दछ । आधुनिक संसारमा विज्ञानको क्रान्तीकारी विकास सगै ‘विज्ञापन बजार’ थप प्रभावशाली विशाल र विकराल बन्दैछ । जसरी विज्ञापन जगत बदलीदैछ त्यसैगरी विज्ञापनका मार्ग बदलीदै छन ।

हरेक ‘विज्ञापन’को एउटै लक्ष्य हुन्छ बजारीकरण गरीने ‘वस्तु’ जती सुकै खराब र घटीया किन नहोस त्यो राम्रो देखीनु पर्यो ,त्यो प्रती उपभोक्ता आर्कषीत हुनु पर्यो । आफ्नो उत्पादनको माग बढाउन विज्ञापनमा नारीको देह प्रयोग गरीनु असामान्य मार्ग बाट सामान्य बनेको छ । चलचीत्र देखी संगितका श्रव्य ,दृश्य सम्म नारीका अर्ध- वस्त्र र निर्वस्त्र रुप छताछुल्ल भेटीन्छन । अनी हाम्रो समाजमा तथाकथित आधुनिक प्रगतीशील विचारकहरु छन जो नारी-निर्वस्त्रीकरणलाइ आधुनिकीकरणको परीभाषा दीदै आफुलाइ भ्रमित अर्धवस्त्र नारीको प्रिय पात्र बनाउन अगाडी छन ।त्यहा पनी नारी शोषणको खतराजनक मानसिकता छ ।

विज्ञापन निर्माताहरुले यो पनी ख्याल गर्दैननकी ‘उत्पादन नारीको प्रयोगमा आउछकी आउदैन , उत्पादन अथवा बजारीकरण गरीने वस्तु नारी सग सम्बन्धित छ कि छैन ।’ विश्व -व्यापी ‘नारी निर्वस्त्रीकरण’ नारी स्वतन्त्रता हैन , नत यो नारी सशक्तीकरणको कुनै रुप हो । नारी निर्वस्त्रीकरण यो समाजको भोगवादी मानसिकताको परीणाम हो । जे जसलाइ जसरी सभंव छ त्यसरी उपभोग गर्दै जाने भोगी सोचको अमानवीय प्रयोग महिलाको शरीरको बजारीकरण र व्यापारीकरण हो ।

अर्धवस्त्र मोडेल हुन चाहे निर्वस्त्र नायीका कुनैन कुनै रुपमा समाजको भोगवादी मानसिकताको शिकार बनेका छन । विज्ञापनमा अर्ध-वस्त्र बनेर देखा परुन अथवा निला चलचीत्रमा निर्वस्त्र नारी कुनैन कुनै रुपमा ‘देह-व्यापार’ गर्दैछन ।वस्त्ररहित देह को दृश्य व्यापार पनी एक प्रकारको देह-व्यापार हो ।

इन्द्रीय आर्कषण सिर्जना गर्न प्रदर्शन गरीने सबै ‘श्रव्य दृश्य ‘ योन-व्यापारकै एक पाटो हुन । नारी निर्वस्त्रीकरण किन देह व्यापार ? – विज्ञापन र चलचित्रहरुमा देखीने नारीको शरीरलाइ दर्शकले कुन नजरले हेर्दछ ? सर्वज्ञात छ पर्दाथको रुपमा हेर्दछ । एक उपभोग्य वस्तुको रुपमा हेर्दछ । साथै वस्तुका विज्ञापन ,चलचीत्र अथवा अरुकुनै श्रव्य-दृश्य सामाग्री निर्माण गर्दा किन निर्माताहरुले नारी नग्नतालाइ प्रधानता प्रदान गर्दछन ? किनकी आकर्षण पैदा गरेर व्यापार बढाउन । सिधा अर्थमा यहा नारीको व्यापार हुदैछ ।

गल्ती कसको ?

गल्ती न मोडलको छ न नायीकाको । गल्ती छ हामीले स्थापीत गरेको भोगवादी मानसीकताको । गल्ती छ मेरा नजरहरुको जो निर्वस्त्र कालीको मुर्तीमा माताको स्वरुप हेर्दछ तर जिवन्त देवीहरुमा उपभोग्य वस्तु हेर्दछ । नारी साधन कि साध्य ? नारीलाइ कुन हद सम्म साधन बनाउने ? सन्तान उत्पादनकी साधन नारी ! शरीर सुखकी साधन नारी ! भोगी मानसिकताको शिकार नारी ! उत्पादन बजारीकरण गर्ने नारी ! वास्तवमा विचारणीय छ । नारी साधन हैनन सृष्टीकर्ता हुन । नारी भोगका वस्तु हैनन मानवताका वरदान हुन । नारी विकृती हैनन प्रकृती हुन ।

नारी निर्वस्त्रीकरण -कता जादै छ नारीवाद ?

नारीको शारीरीक सुन्दरतालाइ जती समाजमा निर्वस्त्र प्रस्तुत गरीदैछ त्यती नारी सुन्दरता सम्मान हैन अपमानको यात्रामा छ । प्रिय पाठक महोदय , एक पटक गम्भीर बनेर सोचौ के नारी सुन्दरता कुनै पर्दाथ हो ? के तपाइका नजरमा कपाल फुलेकी आफ्नी आमा कुरुप देखीदै हुनुहुन्छ ? के अनुराधा कोइराला र झमक घिमीरेहरु कुरुप छन ? नारीको शरीरलाइ प्रधानता प्रदान गर्नेकी नारीको प्रतीभालाइ ? त्यो नारीवादी विचार नारीको पक्षमा छैन जुन नारीवादी विचार पश्चीम बाट विकसीत भयो र नारी स्वतन्त्रताका नाममा नग्नता तीन धकेल्दै भोग गरीयो ।

नारी निर्वस्त्रीकरण नारीवाद विरोधी प्रयोग हो । आधुनिकता ,स्वतन्त्रता वा प्रतीभा जे सुकैका नाममा होस निर्वस्त्र र अर्धवस्त्र शरीर प्रदर्शनी एउटा प्रतीस्पर्धाको रुपमा चरमोत्कर्षमा छ । नारी निर्वस्त्रीकरणको यो यात्रामा अनैतीक अमर्यादीत र अमानवीय पुरुषहरु मलजल गर्दैछन ।नारीका बौद्धीकता ,वैचारीकता , विवेकशीलता ,चेतनशीलता ,सृजनशीलता जस्ता सुन्दर गुण तब दृश्यमा अदृश्य बन्दछ जब नारीको कामुक शरीर दृश्यमा आउदछ ।

नारी शरीरलाइ सम्मानको नजरले जब सम्म हेरीदैन तब सम्म नारी माथीको शोषणको अन्त्य हुनेछैन । सस्तो लोक-प्रियताको भोकमा , आर्थीक आम्दानीको मोहमा वा सुन्दर भवीष्यको कल्पनामा जे सुकै स्वरुपमा निर्वस्त्र किन नहुन ती सबै नारी आफै माथी आफैले घात गर्दैछन । वस्त्रको आवरण भित्र प्रत्यक मानव निर्वस्त्र छ । यदी निर्वस्त्रतानै स्वतन्त्रता हो भने किन पुरै नारी समुह निर्वस्त्र नहुने ?

पंक्तिकार त्यो नारीवादको कल्पना गरीराखेको छैन जुन नारीवादमा अर्ध-वस्त्र कार्की माथी धमलाले वस्त्ररहित प्रश्न गर्ने स्थान प्राप्त गर्दछ । यो टिप्पणीको प्रस्तुतकर्ता त्यो विकृतीलाइ नारी स्वतन्त्रता मान्दैन जुन घृणीत स्वरुपमा ज्योती मगरले छाडा नग्न नृत्य प्रदर्शन गर्दछीन । नारीको निर्वस्त्रतालाइ नारीकै नजरले हेरौ । स्त्री शक्तीको जीवन्त स्वरुप ,मातृत्वको पवीत्र मन्दीर ,सतीत्वको दिव्य शिखर ,पुर्ण दैवीय अस्तीत्वको जीवन्त साक्षी नारीको शरीर के वास्तवमानै बजारीकरण गर्ने वस्तु हो ?

के मानव सभ्यताका शोभा नारीको सुन्दरता यती सस्तो छ ताकी कुनै वस्तु व्यापारको विज्ञापनमा प्रयोग होस ? जसको कोख बाट मानवता जन्मीन्छ ,जसको ह्रदय बाट धर्तीमा बुद्ध प्रकट हुन्छन ती नारीलाइ एउटा बजार वस्तुको रुपमा विज्ञापनमा प्रयोग गरीनु के उचीत छ ? वास्तविक नारी स्वतन्त्रताको स्वर्णीम युग तब सुरु हुनेछ जब मानव जगतमा नारीको विषयमा कसैले चरीत्रको चर्चा गर्ने हैन नाम लिनु अगी तीन पटक सोच-विचार गर्नेछ । नारी निर्वस्त्रीकरण पुरुष प्रधान मानसिकताको परीणाम हो । यो नारी भोगको कपटपुर्ण विकृत संस्कृती पुरुषलेनै विकसित गरेका हुन जसलाइ नारीले साथ दिदै आए । आजका नारी जुनसुकै क्षेत्रमा सक्षम र शक्तीशाली छन ।

शरीर प्रदर्शनी नै किन ?

नारी हावा समान मुक्त छन । नारी सुर्यको प्रकाश जस्तै दिव्य छन । नारीमा पुर्ण चन्द्रमाको शितलता पनी छ अनी नारीमा सागरको स्थीरता पनी भेटीन्छ । नारी अलौकिक कमल झै स्वच्छ र पवीत्र छन । सबै क्षेत्रका द्धार नारीका निम्ती खुल्ला छन । नारी स्पर्शनीय शरीर मात्र हैनन नारी अस्पर्शनीय आत्मा हुन । नारी भोगका साधन हैनन मानव सृष्टीकर्ता हुन । हरेक दिन नारी नग्नताको उचाइ बढदो छ र पुरुष नैतीकताको कद घटदो छ । प्रत्यक दिन नारी देहका भोका भोगीकोसङ्ख्या बढदो छ ।

ठमेलका यौन व्यवसायमा छापा मार्ने पत्रकार र प्रहरीले कहीले पनी यो सोच्दैनकी वास्तवमा ति व्यवसाय पुरुषलेनै सुरु गरे र पुरा व्यवसाय पुरुषकै कारणले चलीराखेको छ । अनी तिनै पुरु हुन जो तिनै नारीको भोग गर्दै तिनै नारीलाइ घृणा गर्दै अनेक उपनाम दिन्छन । त्यसैले नारीले सभ्य सांस्कृतिक नारीवादको विकास आफैले गर्नुछ । यहा अलगाववादी कुरा गर्न खोजीएको हैन उपभोगवादी मानसिकताको विरोध गरीएको हो । विज्ञापन वा बजारीकरणमा नारीको प्रयोग कहीले देखी सुरुवात गरीयो त्यसको ठोस प्रमाण यो अबोध जीव सग छैन । तर मोडलिङ जगत ,फेसन संसार र विज्ञापन उत्पादन क्षेत्र लाइ ‘उधोग [Industry]’ को रुपमा किन हेरीन्छ ? आफै विचार गर्नुस । उधोग बाट उपभोग्य वस्तु उत्पादन गरीन्छ र त्यो वस्तु खपत गरीन्छ ।

नारीको शरीर पर्दाथ र उपभोग्य वस्तु हैन

जिवन्त मानव शरीर कुनै पनी रुपमा खरीद बिक्रीको साधन बन्दछ भने प्रत्यक्ष अप्रत्यक्ष रुपमा मानव बेचबिखन हुदैन । चाहे पुरुषले गरोस अथवा नारीले कुनै पनी विज्ञापनमा वस्तु भन्दा मोडेलले बढी प्रभाव राख्दछन । यो अर्थमा आधुनीक बजारीकरणमा उपभोक्ता पुर्ण ठगीको शिकार बन्दै आएका छन । अर्थ-व्यवस्था को परीवर्तनीय स्वरुप सगै आधुनिकीकरण ,बजारीकरण ,प्रविधीकरण ,यान्त्रीकरण र औजारीकरणको यो युगमा ‘मानवता’मृत्यु शैय्यामा पुगेको छ ।

नारी माथीको बर्बर हिँसाको नया प्रयोग नारी देहको बजारीकरण घोर अमानवीय छ । नारी तिमी नग्न बन तर भोगको साधन नबन ,नारी तिमी व्यापार विकृती हैनौ अपार प्रकृती हौ । अब खोज स्वतन्त्रता र सुन्दरताको नया परीभाषा !

सेतोपरेवा।, august 24,2015

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.