कविता : झोलाभित्र विश्वयात्री

~मुकुन्द पोखरेल~

जति जति सिक्दै, जान्दै गयो
उति उति विज्ञभन्दा
नयाँ विद्यार्थी बन्दै आउने
त्यो कस्तो ज्ञान हो ?
कस्तो शिक्षा हो ?
मान्छेकै शैलीमा
टेबलमा टुक्रुक्क बस्छ
काखमा सपक्क च्यापिन्छ
त्यो झोलाभित्र बसेर पनि
विश्वयात्री बन्न मन पराउँछ ।

औँलाका इसारामा नाच्दै, खेल्दै
साहित्य, कला, संगीत मात्र
आउँदैनन्
सभ्यताका अलंकार झल्काउँदै
ज्ञान, विज्ञानका
दृश्य-तस्बिरहरू पनि
आइपुग्छन् यहाँ
अनुपम परीको लयमा
डेस्कटप, ल्यापटप, ट्याब्लेट
र, आइफोन आदिमा व्याप्त त्यो
कस्तो यन्त्र हो ?
प्रवेशाज्ञा लिँदै
त्यो कार्यालय, विद्यालय
म्ाात्र पुगेन
पुग्यो उद्योग व्यवसायमा
बैंक, मल, बजार व्यवस्थापनमा ।

अगस्ति ऋषिले
समुद्र मात्र पिएका थिए
यसले त सञ्जाल फैलाउँदै
खर्लप्प ब्रह्माण्ड नै निल्यो
अभिलेखको इतिहास मेटिँदै
कतै हस्तलिपिको वंश विनाश
हुने त होइन ?

प्रकाशित: भाद्र २९, २०७१

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.