~सन्दिप बडाल~
म तिमीलाई कत्ती चाहन्न अब
तिम्रो नाम लेख्न आफ्नो रगत पनि सुकाउँदिन
न त तिम्रो नाममा आँशु नै बगाउँछु
म तिमीबिना नै जिउने छु
तिमीबिना नै आफ्नो संसारको निर्माण गर्नेछु
तिमीले दिएको धोकाको बदला लिनेछु
चोटको बदला चोटनै दिनेछु
याद राख!
भन्ने आँट ममा छैन
तिमी सँग बदला लिने ममा कुनै चाहना छैन
न त तिम्रो बर्बादीको सुरुवात खोज्ने बाहाना नै छ
कारण, मैले तिमीलाई प्रेम गरेको हुँ
तिम्रो मायामा आफ्नै इच्छाले चरेको हुँ
तिमीले मलाई माया गर्नु, धोका दिनु
त्यो तिम्रो विचार हो
मैले त आफ्नै इच्छाले मनमा माया भरेको हुँ
मैले त मेरै चाहनाले तिमीलाई माया गरेको हुँ
-साउन २०६२
(स्रोत : रचनाकारको ब्लगबाट सभार)