~विष्णुप्रसाद धिमाल आजाद~
सम्झिएर ल्याउदा
मन मुटु सिरिङ्ग हुन्छ
हजारौ हजारको खुशी लुटि
आफु रमाउने त्यो पापी प्रकृतिले
हजारौलाई एकै चोटी निलेको दिनले गर्दा
आज फेरी अत्यास लागिरहेछ
घर छोडी बाहिर हिडेका घर फर्कन पाएनन
घर भित्रै भएका बाहिर निष्कन पाएनन
गाउ,घर,सहर केही नभनी
झुपडी र महल केही नजानी
धनि, गरिव बर्ग नै नछुट्याई
जात, धर्म, लिंग केही भन्दै नभनी
समान हैसियतले एकैपटक सवैलाइ
सडकमा पुर्याएर
आफु मस्त रमित हेरी हर्षले रमाई रहने
अरुको रगत चुसी
मातेर खुव मज्जाले नाचिरहेछ
हो अझै नाचिरहेछ
कहिले पृथ्वी हल्लाउने
कहिले नाका बन्द गराउने
कालोवजारी, हत्या, आतङ्क र वलत्कार गराई
आफु मस्त रहि असल दर्शक बनेर
तमासा हेर्ने यो
आफ्नै दाजुभाई मार्यो दिदीवैनिको इज्जत लुट्यो
बाबु आमा वेपत्ता पारदियो र
आफन्तकै रगतमा पौडी खेल्यो
फेरी पनि नजिकिदै छ
फेरी अत्यास लगाई रहेछ हामिलाई
धम्कि दिई रहेछ अझ्झै
घाउ निको हुनै पाएको छैन
फेरी पनि थर्काउदै पो आउने होकी
फेरी हामिलाई पनि सङ्गै लिएर पो जाने होकी
हजारौको रगतको पोखरी बनाई पौडी खेलेर
मस्त आन्नद लिएर आज सम्म
तातो रातो भएर फेरी
आउदैछ सवैको घर घर गाउँ गाउँमा
सवै होसियार रहनु
फेरी आउदैछ १२ ।
मात्तिम ९ खोटाङ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )