कविता : गोल

~बिटु केसी बराल~Bitu KC Baral

इच्छा शक्ति बुलंद भए
के नहुने रहेछ ?
मसक्क आँट्यो भने
नेपालीले के नपुग्ने रहेछ ?

जुटको बन्धन कसिलो पारी
अघि बढेको बेला
पैतालाको वेगळे
तिमीले संसार जितेको बेला

आत्मविश्वासलाई जितेपछि
संसार के जटिल रहेछ ?
खुशी आफु भित्रै समेटेपछि
हाँसो के गाह्रो रहेछ ?

कोतरेर लेउ फालेपछि
दुर्गन्ध हराएको बेला
ऐनाको कालो दाग
पुछिएको बेला

ए; देश खेल्ने खेलाडी हो !
मुलुकका सारथी हो !
ईमान जमान मान
गाँठी कुरो जान

बुझ्नु पर्ने हो अब त
चाहे के नहुने रहेछ ?
छाति फुकाई हिड्न
के गाह्रो रहेछ ?

कस्तो होला विकासको झण्डा
फरफरिएको बेला ?
सुनौलो त्यो ” गोल ” होला
देशले काँचुली फेरेको बेला !!

(स्रोत : Ehubnepal.com )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.