~पुष्कल श्रेष्ठ~
भाषण जेसुकै होउन, ताली उस्तै-उस्तै
नेताजी जोसुकै होउन, गाली उस्तै-उस्तै
डाँडाको होस या सम्मको, डाली उस्तै-उस्तै
जमिन्को होस या जीउको, नाली उस्तै-उस्तै
धेरैले बोक्याछ स्वार्थको, थाली उस्तै उस्तै
सदाझैं छ थाली धेरैको, खाली उस्तै-उस्तै
जुनसुकै जातको होस, माली उस्तै-उस्तै
जुनसुकै जातको होस, जाली उस्तै-उस्तै
२०६६-१०-१३
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)