~सुरज दाहाल~
हरपल म मृत मरीरहे
चन्दन चित्तामा म जलीरहे ,
चित्तामाथी आफ्नो मृत शरीर ,
टुलु टुलु म हेरीरहे ।
मरेर पनी स्वास फेरीरहे
अन्धो भएर पनी देखीरहे
लङ्गडो भएर पनी दौडीरहे
जिन्दगी ! म नीर्जीव बाचीरहे ।
पलपल मृत्यु साचीरहे ।
वाहा ! क्या आगो बल्यो मेरो शालीन चित्तामा
आहा । क्या चारु जल्यो मेरो कुलीन यज्ञकुण्डमा ,
मृत्यु देखी पनी डर लाग्दैन अब त !
वाहा ! क्या कमल फुल्यो मेरो मलीन रक्तकुण्डमा ।।
अदृश्य कात्रो मैले ओडीरहे
अस्पर्शनीय मजेत्रो मैले ओडीरहे
मर्न पनी बानी परेछु अब त
सत्य पात्रोमा मृत्यु हेरीरहे ,
हरपल म मृत मरीरहे ।।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )