~दिपक अधिकारी~
आँखाभित्र राखिदियँ, आँसु बनी रुवाईदियौ,
मुटुभित्र राख्न खोजेँ, काँडा बनी बिझाईदियौ,
कल्पनामा राखेको त याद बनी सताईदियौ,
जिन्दगीमै राख्छु भन्दा धोका दिई लत्त्याईदियौ !
बगैचामा राख्न खोजेँ, फुल बनी फुल्छ्यौ भनि,
पर्खी बसेँ तिम्रै लागि, तिमी मेरी हुन्छ्यौ भनि,
रित्याईदियँ, खन्याईदियँ तिम्रै लागी जलाईदियँ,
तिम्रै यादमा अनिन्द्रामै कयौँ रात कटाईदियँ !!
तरपनी आइनै तिमी, धोका दिई मलाई किन ?
आधा मुटु तिमी बिना, ज्युन अब म सक्दिन,
राख्छु तिमीलाई हत्केलामा, सधैँ तिमीलाई देख्न भनि,
पर्खी बस्छु तिमीलाई नै तयार छु म मर्न पनि !!!
दिपक अधिकारी
जर्मनी
September 6, 2009
(स्रोत : Mysansar.com)