~महाकवि लक्ष्मी प्रसाद देवकोटा~
ईश्वर तैंले रचेर फेरि कसरि बिगारिस?
सृष्टिको फूल रचेर त्यस्तो कसरि लतारिस?
त्यो फूल हरे मलाई दिई कसरि पछारिस?
हे दिदि! मैले ती मुना देख्दा मुनाको मुहार
ती मुना पनि मर्दछिन भन्ने थिएन विचार
मुना! छातीको जुहार….
पृथ्वी तिर नहेर मुना! म पनि आउंछु
आँखामा आँशु लिएर चिनो म भेट्न आउंछु
प्रेमको हिरा छुटेको तल म लिई आउंछु
कसरि खायो आगोले दिदि कमलको शरीर
कसरि खायो निष्ठुरी भई कमलको शरीर २
म कहाँ पाउं ती मुनालाई छातीमा लगाउँ
खरानी तिनको मलाई दिउन छातीमा लगाउँ
हे मेरी आमा! हे मेरी मुना! म यहाँ बस्दिन
म यहाँ अब बस्दिन आमा/मुना म यहाँ बस्दिन २
हे मेरा भाई! ती तिम्रा मुना मरेकी छैनन् ती
ज्योतिको स्वरूप लिएर गईन बगैंचा बसन्ती
स्वर्गका चरा गाउँछन उनको मधुर जयन्ति
शब्द: महाकवि लक्ष्मी प्रसाद देवकोटा
संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल र कमला श्रेष्ठ